गौरीगँज क्याम्पसले गर्यो बृक्षारोपण
मदन राजवँशी मनप्रीत
११ साउन झापा । गौरीगँज क्याम्पसले आफ्नो एक विघा जमिनमा बृक्षारोपण गरेको छ । ठेकिटोल स्थित एक विघा जमिनमा क्याम्पसले टिक, मसला , खयर लगायतका लगभग १६ सय पचास विरुवा रोपेका छन् ।
आज विहान ७ वजेदेखि भएको सो बृक्षारोपण कार्यक्रममा सँचालक समितीका अध्यक्ष बाबुराजा श्रेष्ठ, क्याम्पस प्रमुख सर्वतलाल राजवँशी, स्ववियु सभापति देव ताजपुरिया लगायत सँचालक समितिका सदस्यहरु, प्राध्यापकहरु र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
"बिरुवा रोपेर मात्र हुदैन यसको सणरक्षणपनि गर्नु पर्छ र हामी यि विरुवाहरुको सँरक्षणको जिम्मा स्थानियलाई नै दिन्छौ " - क्याम्पस प्रमुख राजवँशीले भने ।
बृक्षारोपणमा स्थानीयहरुको समेत सहभागिता रहेको थियो ।



