साउन १६ देखि स्थानिय निकायबाटै मतदाता नामावली सँकलन गरिने

मदन राजवँशी मनप्रीत, ३ साउन झापा । चौतर्फी विरोध पछि निर्वाचन आयोगले छुट मतदाता नामावलि सँकलन कार्य स्थानिय निकाय मार्फत नै गर्ने भएको छ । आयोगमा वसेको आजको वैठकले सो निर्णय गरेको हो । वैठक पछि प्रेस विज्ञप्ती जारी गर्दै साउन १६ गतेदेखि साउन ३२ गते सम्म प्रत्येक स्थानिय निकाय स्थित निर्वीचन कार्यालयहरु बाट मतदाता नामावली सँकलन गरिने कुरा सार्वजनिक गरेका हुन ।

आज वेलुका सार्वजनिक गरेको सो विज्ञप्तीमा प्रत्येक जिल्ला का जिल्ला निर्वाचन कार्यालयहरुवाट साउन १ गतेदेखि अर्को चुनावको मिती घोषणा नभएसम्म निरन्तर मतदाता नामावली सँकलन गरिने र स्थानिय निकाय स्थित निर्वीचन कार्यालयहरुवाट साउन १६ देखि साउन ३२ गतेसम्म मतदाता नामावली सँकलन गरिने कुरा उल्लेख गरेका छन् । त्यसैगरि मतदाता नामावलीमाथि दावि विरोध निर्वाचनको मिती तोकि सकेपछी मात्र गर्न पाउने व्यवस्था समेत आयोगले गरेको छ । यस अघि निर्वाचन आयोगले साउन १ ।देखि १५ गते सम्म प्रत्येक जिल्ला स्थित जिल्ला निर्वाचन कार्यालयहरुवाट मात्र छ्ट मतदाता नामावली सँकलन गर्न पाउने व्यवस्था गरेको थियो भने निर्वाचन आयोगले नामावली सँकलन कार्य जिल्ला केन्द्रित गरेर गाउका मानिसलाई अन्याय गरेको भन्दै आयोगको उक्त निर्णयको चौतर्फी आलोचना र विरोध भएको थियो ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |