सन्थाल नाचले गुल्जार भयो गौरीगँज

मदन राजवँशी मनप्रीत ।

गौरीगँज । दशैको टिकाको तेस्रो दिन गौरीगँजको खजुरगाछीमा लाग्ने दसै मेला आदिवासी सन्थालहरुको परम्परागत नाचका लागि प्रसिद्ध छ । सन्थाल नृत्य हेर्नैका लागि यो मेलामा बर्षेनि दसौ हजार आन्तरिक र बाह्य पर्यटकहरु आउने गरेका छन् । यसपालिको दसैमा पनि हिजो मँगलबार दसौ हजार नेपाल तथा भारतका मानिसहरुले यो मेला भरिभराउ भयो ।

दिनभरि मेलामा सन्थालहरुको परम्परागत लोक नृत्य हेरेर रमाएपछी यस पटक राती पनि यहाका मानिसहरुले मनोरञ्जनको नया स्वाद चाख्न पाए । किनकि प्राय सधै समतल चौरमा परम्परागत नाच प्रस्तुत गर्ने सँथालहरु नेपाल मै पहिलो पल्ट रात भरिका लागि स्टेजमा उक्लिदै थिए । गौरिगँज गापाका अध्यक्ष बाबुराजा श्रेष्ठले सन्थालहरुको परम्परागत ढोल बजाएर उद्घाटन गरेपछी कार्यक्रमको औपचारिक शुरुवात भएको थियो । तर औपचारिक शुरु हुनुभन्दा अगाडिनै आधा दर्जन सन्थाल कलाकारहरुले दर्जन जति सन्थाल भाषाका मोर्डन गीत र डान्स प्रस्तुत गरिसकेका थिए ।

रात छिप्पिदै गएपछी उनिहरुले सन्थाल भाषाको परम्परागत गिती नाटक प्रस्तुत गरे । सन्थाली जियोङ झरना युवा समाज सँघ गौरीगँज २ कोरोबारीको आयोजनामा भएको यो कार्यक्रममा भारतको मालदहका कलाकारहरुको प्रस्तुती रहेको थियो भने रु १०० र २०० को टिकटका बाबजुद पनि हजारौ दर्शकले कार्यक्रम गुल्जार भएको थियो ।

निकै रमाईलो भो म त रातभरि निदाईन - एक दर्शक उमेश सोरेनले भने - यो हाम्रो बिल्कुलै नया कार्यक्रम हो ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |