म्युजिक भिडियोको दृश्यले गायिका जेल चलान (भिडियो सहित)

सामाजिक सद्भाव खलबल्याएको आरोपमा इजिप्टको एक अदालतले २५ वर्षीया पप गायिका शायमा अहमदलाई २ वर्षको जेल सजाय सुनाएको छ । उनी गत महिना पक्राउ परेकी थिइन् । पप गायिका बिरुद्धको आरोप छ कि उनको म्युजिक भिडियो अश्लिल छ र यसले उत्तेजना भड्काइरहेको छ ।

उनले म्युजिक भिडियोमा भित्री बश्त्र लगाएर केरा खाइरहेको देखिएकी थिइन् । स्थानीय सञ्चारमाध्यमका अनुसार मंगलबार शायमालाई अश्लिल भिडियो छायांकन गर्ने आरोपमा दोषी ठहर गरिएको थियो र अदालतले यस भिडियोका निर्देशकलाई पनि २ वर्ष जेल पठाउन आदेश दिएको छ ।

गायिका शायनाले पक्राउ पर्नुभन्दा पहिले नै यसप्रति माफी मागिसकेकी थिइन् । उनले आफ्नो फेसबुक पेजमा लेखेकी थिइन्, ‘मैले सोचेकै थिइनँ कि यस्तो हुन्छ र मैले मानिसहरुबाट यस्तो हमला र गालीको सामना गर्नुपर्नेछ ।’ (यो पोस्ट उनको पेजबाट डिलिट गरिएको छ ।)

शायमा अहमदले यस म्युजिक भिडियोमा उनी युवा छात्रहरुले भरिएको एक क्लासमा पधाउदै फलफुल खाइरहेकी देखिएकी थिइन् ।

इजिप्टको जनता र अदालतलाई शायमाको फलफुल खाने तरिका अश्लिल र समाजका लागि हानिकारक लाग्यो । उनलाई सार्वजनिम समारोहमा कार्यक्रम गर्न रोक लगाइनुको साथै उनलाई गिरफ्तार गरियो ।

भिडियो हेर्नुहोस ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |