महोत्तरीमा ट्याक्टर दुर्घटना, चारजनाको मृत्यु
महोत्तरी धनुषाको जनकपुर धामबाट रामगोपाल फर्कँदै गरेको द्रुत गतिमार रहेको ज१च ३५१६ नम्बरको ट्याक्टर बाक्लो हुस्सुका कारण सोमबार राति सवा ९ बजे बर्दिबास–औरही–जलेश्वर सडकखण्डबाट गहुँबारीमा पल्टिँदा स्थानीय चारजनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयको सञ्चार शाखाले जानकारी दिएको छ । दुर्घटनामा परेको यो ट्याक्टर बाबुछोराले पालोपालो चलाउँदै ल्याएका थिए । दुर्घटनामा परेकामध्ये तीनजनाको घटनास्थलमा र उपचारका क्रममा आज एकजनाको मृत्यु भएको हो । दुर्घटनामा ज्यान गुमाउनेहरुमा रामगोपालपुर नगरपालिका–७ बस्ने ४० वर्षीय सत्येन्द्र साह, १८ वर्षीय रामबाबु मण्डल, ४५ वर्षीया सावित्रीदेवी मण्डल रहेका छन् । अर्का एकजनाको भने नाम खुल्न नसकेको जिप्रका महोत्तरीका डिएसपी प्रकाश मल्लले जानकारी दिएका छन् ।
श्रोत - सौगात एफएम


