नेपाली मन, उदिएमान लेखक सरगम भट्टराई
-कुमार राई
सधैं नेपाल अनी नेपालीको चिन्ता गर्दै खवरदारी गर्ने उदियमान लेखक सरगम भट्टराईको कपिलवस्तु जन्म थलो भएर हाल अमेरिकाको शिकागो शहर निवासी हुनुहुन्छ ।
अमेरिका भासिनु उहाँको आम नेपालीको जस्तै बाध्यता हुनुपर्छ । उहाँ अमेरिका भएर के भो पल पल नेपाल र नेपाली प्रति चिन्तित भएको मैले देखेको छु । उहाँले नेपालमा मधेश आन्दोलन, नाकाबन्दी र महाभुकम्प जस्तो संक्रमणकालमा आफ्नो देशको अवस्था देखेर आफ्नो भावना पोख्दै नेपाली अनलाईनमार्फत प्रतिकार गर्दै उदाउनु भएको नेपाल र नेपाली प्रति समर्पित लेखक हुनु हुन्छ ।
छोटो समयमै लेखकका चर्चित लेखहरु "‘ह्यारी तिमी किन हरि बनेर नेपालमा जन्मिएनौ ?’ अनलाईनमा सर्वाधिक मन पराईएको लेख या चिठ्ठी हुन पुगेको छ । यस चिट्ठीलाई पाठकले विष्वको उत्कृष्ट चिठ्ठी भनेर प्रतिकृया दिईरहेका छन । लाखौ शेयर र लाईक भएका छन । प्रचन्ड बाबुराम जनयुद्दको क्षतिपूर्ति पाउँ , राष्ट्रपतिज्यू ! डेरा हैन आफ्नै घर सर्नुस, म दिन्न शुभकामना नारी दिवसको, अमेरिकी ग्रिनकार्ड त्यागेरै नेपाल आउने मन छ, आईफोनको रुख कतै भेटिएन !, जस्ता लेखहरु पचास हजार बढि शेयर भएका छन । देवत्वकरण ,सत्तोश्राप या आत्मालोचना ?, धरहराभन्दा पहिला टहरा बनाऊँ, प्रधानमन्त्रीज्यू ! र राजेश हमाललाई रुवाउने भुकम्प पिडित उजेलीलाई चिठ्ठी जस्ता अन्य चर्चित लेखहरु प्रकाशित गर्नु भएको छ ।
गतहप्ता २० मार्चमा उहाको जन्मदिन परेको थियो । उहाँको लेखहरु जस्तै जन्मदिन पनि कुनै फजुल खर्च नगरी आफ्नो जन्म दिन उनीहरुको खुशीको लागि मनाउन चाहेँ जसले अभिभावक गुमाएका छन, खुशी गुमाएका छन र सपनाहरु गुमाएका छन भनेर आफ्नो फेसबुकमा उल्लेख गर्नु भएको छ ।
आफु अमेरिकामा बसेर पनि रुपन्देहीको मधवलिया स्थित अनाथाश्रममा रहेका अनाथ नानी बाबुहरुसँग मनाउनु भयो अनी आफ्नो सत्कर्ममा भौतिक नैतिक सहयोग गर्ने मित्र शर्मिला क्षेत्रीलाई हृदयदेखि धन्यवाद दिदै ती अनाथाश्रममा रहेका अनाथ नानीबाबुहरुको मुहारमा हाँसो ल्याउन हातेमालो गर्दै सहयोगी मनहरुले सम्पर्क गर्न आफ्नो फेसबुकमार्फत अनुरोध गर्नु भएको छ ।
हामीले पनि उहाँबाट केहि सिक्ने कि बिदेशिएका नेपालीलाई दुत्कारी रहने ?