काठमाडौं उपत्यकामा अपराहृन भीषण हावाहुरी

गौरिगन्ज - सोमबार अपराहृन अचानक अाएको भिषण हावाहुरीका कारण बजार र सार्वजनिक स्थलमा रहेका हजारौं सर्वसाधारण प्रभावित भएका छन् । हावाहुरीका कारण केहीबेर काठमाडौं अँध्यारो भएको थियो भने आधा घन्टासम्म लगातार हावाहुरी चल्दा यातायात र अन्तराष्ट्रिय उडान समेत प्रभावित भएको थियो ।

हावाहुरीका कारण भुकम्प पीडित बसोबास गर्दै आएको जस्ताको अस्थायी टहरा उडाएको छ भने टेन्ट च्यातिएको छ ।

अहिले सम्म प्राप्त जानकारी अनुसार हावाहुरीका कारण रुख ढलेर तथा घरको छतमा राखेको इँटा खसेर ७ जना घाइते भएका छन् ।









तस्विर: रासस

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |