Others
»
एसएलसीमा अब विषयगत ग्रेडिङ
एसएलसीमा अब विषयगत ग्रेडिङ
काठमाडौ – एसएलसी परीक्षाको परिणाम यस वर्षदेखि ग्रेडिङमा निकाल्ने तयारी गरेको शिक्षा मन्त्रालयले विद्यार्थीले कुन विषयम कति अंक ल्याएको छ त्यो अनुसार विषयत ग्रेडिङको परिणाम दिने निर्णय गरेको छ ।
शिक्षा मन्त्री गिरिराजमणि पोखरेल अध्यक्ष रहेको राष्ट्रिय पाठ्यक्रम मूल्यांकन परिषद्को शनिबार बसेको बैठकले एसएलसीको नतिजा विषयत ग्रेडिङ गरेर समग्रमा ग्रेडिङ गरी परिणाम दिने गरिएको निर्णयलाई बदर गरी नयाँ व्यवस्था गरिएको छ।
यसअघि विद्यार्थीको सबै विषय जोडेर समग्रमा ग्रेडिङ गरी परिणाम दिने गरिएको निर्णयलाई बदर गरी नयाँ व्यवस्था गरिएको छ।
परिषदका सदस्य सचिव एवं पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक बाबुराम पौडेलका अनुसार अब सबै विषयको प्राप्ताङकको कुल जोडमा होइन कि प्रत्येक विषयको छुट्टा छुट्टै ग्रेडिङ गरी परिणाम निकालिने छ ।
९ वटा ग्रेडिङ कायम गरिएकोमा त्यसबाट परीक्षामा सामेल नहुने विद्यार्थीका लागि राखिएको ’एन’ ग्रेडिङलाई हटाएर ’डी प्लस’ भन्ने ग्रेडिङ थपिएको पौडेलले बताए।
अब विषय अनुसार ९० देखि १०० प्रतिशत भित्र अंक ल्याउनेले ए प्लस, ८० देखि ८९ ल्याउनेले ए, ७० देखि ७९ ल्याउनेले बी प्लस, ६० देखि ६९ ल्याउनेले बी ग्रेडिङ पाउने छन् । त्यस्तै, ५० देखि ५९ प्रतिशत अंक ल्याउनेले सी प्लस, ४० देखि ४९ ल्याउनेले सी, ३० देखि ३९ ल्याउनेले डी प्लस, २० देखि २९ ल्याउनेलाई डी र ० देखि २० अंक ल्याउनेलाई ई ग्रेडिङ गरिने पौडेलले बताए ।
उच्च शिक्षा परिषद र प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषदले डी र ई ग्रेडिङ पाएका विद्यार्थीको भर्ना नलिने मनस्थिति बनाएपछि मन्त्रालयले समग्र ग्रेडिङ हटाएर विषयत बनाएको हो । कान्तिपुर दैनिकमा खबर छ ।