Entertainment
»
‘मैले माया मागिराछु’ बोलको गीतको भिडियो सार्वजनिक
‘मैले माया मागिराछु’ बोलको गीतको भिडियो सार्वजनिक
‘नाई नभन्नु ल’गीतसंगीतका कारण सधै नै चर्चामा रहने चलचित्र हो । चैत्र २६ गते प्रदर्शनमा आउन लागेको ‘नाई नभन्नु ल ४’ पनि गीतसंगीतकै कारण चर्चामा छ । निर्देशक तथा निर्माता विकास आचार्य चलचित्रको गीत र कथावस्तुले यसपटक पनि व्यापारिक रुपमा आशावदी छन ।
‘नाई नभन्नु ल ४’ चलचित्रमा समावेश ‘मैले माया मागिराछु’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा चलचित्रका मुख्य ३ नयाँ कलाकार पल शाह, बर्षा राउत र आँचल शर्मालाई फिचरिङ गरिएको छ ।
गीतको शब्द, संगीत र स्वर कर्णप्रिय छ । यो गीतमा इन्दिरा जोशी र प्रल्हाद तिमिल्सिनाको स्वर, वसन्त सापकोटाको संगीत, डाक्टर कृष्णहरि बरालको शब्द छ ।
कविराज गहतराजको नृत्य निर्देशन रहेको भिडियोलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् ।