नेहा पुन प्रकरण जस्तै अर्को घटना, यौन सम्बन्ध अस्विकार गर्दा भेनिशा लिम्बुको ज्यान गुम्यो



गौरिगन्ज, घनकुटा राजारानी–३ घर भई काठमाडौं–६ कपन बस्ने २० वर्षीया युवती भेनिशा लिम्बुको सामुहिक यौन सम्बन्ध राख्न नमान्दा हत्या भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
प्रहरी अनुसन्धानअनुसार करिब ३ महिनाअघिदेखि फेसबुकमा साथी बनेका अभियुक्त राजन राई र भेनिशा फागुन ८ गते दिउँसो ३ बजे बौद्ध गेटमा भेट भएका थिए। उक्त भेटमा पक्राउ परेका अभियुक्त सनि लामाकासाथै सजित लामा र अर्का नाम नखुलेका फरार व्यक्ति पनि उपस्थित रहेका थिए।
त्यसैदिन साँझ ६ बजे रमाइलो गर्ने भनेर सबैजना ठमेलको हार्ड रक रेन्टुरेन्टमा गई ५ ओटा वियर खाएका र राती ११ बजेसम्म भेनिशालाई मदिरा सेवन गराएर लठ्ठ बनाएपछि उनीमाथि जबर्जस्ति याैनजन्य गतिबिधि गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
सनि र भेनिशाबीच शारीरिक सम्पर्क भएको र पछि फरार अपरिचित व्यक्तिलेसमेत उनीहरुको कोठामा आई सनिलाई बाहिर जान आग्रह गरेपछि विवाद भएको थियो। अपरिचित व्यक्तिले जबरजस्ती करणी गर्न खोजेपछि भेनिशा शौचालयमा पसेको र उक्त व्यक्तिले शौचालयमा नै जवरजस्ती गर्न खोज्दा नमाने पछी उनलाई अपार्टमेन्टको छैटौं तलाबाट धकाली भुईमा खसाली दिएका थिए ।
घाइते भएकी भेनिशालाई उक्त फरार रहेका व्यक्तिले गाडीमा राखेर अस्पताल नलगी नजिकैको बाँसको झाँङमा शब लुकाएर दुबैजना फर्केका थिए।
फरार व्यक्तिले सनिलाई त्यसैदिन विहान ३ बजेतिर घरमा छाडिदिएका थिए। विहान ५ बजे फरार व्यक्ति पुनः सनिको घरमा आई मोबाइल स्वीच अफ गरी बस्न लगाएको र आफू १० बजे लिन आउने झुटो आश्वासन दिई फरार भएका थिए।
घटना फागुन ८ गते मध्यरातमा घटेको भएपनि मृतक भेनिशा लिम्बुको शब १४ नगरकोटमा मृत फेला परिन् । घटनाबारे अनुसन्धान गर्दै जाँदा महानगरीय प्रहरी अपराध महाशाखाको विषेश टोलीले उनीहरुलाई बुधबार सर्लाहीको त्रिभुवननगर गाविस१ बाट भेनिशा लिम्बुको हत्यामा संलग्न अभियोगमा प्रहरीले काठमाडौं–६ बौद्धका २८ वर्षीय सनि लामा, २४ वर्षका सजित लामा तथा मोरङको पथरी–३ घरभई काठमाडौंको थली बस्ने १९ वर्षका राजन राईलाई आज सार्वजनिक गरेको हो ।
केहि पहिला मगर चलचित्रकी नायिका समेत रहेकी पोखराकी नेहा पुनको पनि यस्तै प्रकरणमा हत्या भएको खुलासा भएको थियो ।
साभार: कुमार राई लेख बिभिन्न पत्रपत्रीकाको आधारमा

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |