कोरोबारीमा एक दिवसीय नि:शुल्क शिविर
गिरिजा प्रसाद कोइराला स्मृति प्रतिष्ठान, झापाको प्रमुख अायाेजना र स्थानीय आयोजक कोरोबारी गा वि स को कार्यालय, मकालू महिला कृषि सहकारी संस्था, कोरोबारी, साना किसान सहकारी संस्था, कोरोबारीको सहकार्यमा तथा नोबेल अस्पताल बिराटनगरको प्राविधिक सहयोगमा यही मिति २०७२ चैत्र २१ गते आइतवार आदर्श मा वि टटुवामारी कोरोबारी -५ झापामा बिहान १० बजेदेखी बेलुका ५ बजे सम्म हुने एक दिवसीय नि:शुल्क स्वास्थ्य परीक्षण शिविरमा स्तरीय निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएकाे हुँदा गम्भीर प्रकृतिका बिरामीहरुले उक्त स्वास्थ्य शिविरमा उपस्थित भई उपचार गराउनुहुन अनुराेध गरिन्छ ।
"सहभागी बनौ र धरदैलोमा नै स्वास्थ्य लाभ लिऊ र स्वस्थ बनौ" भन्ने नाराको साथै उक्त स्वास्थ्य शिविर वारे अावश्यक प्रचारप्रसार गरी राेगीहरुलाई उपचारमा पठाउन सहयाेग गरिदिनु हुन स्थानीय आयोजक कमिटि सम्पूर्ण राजनीतिक दल, सामाजिक संघसंस्था, शिक्षक, कर्मचारी, पत्रकार, लक्षित समूह, वडा नागरिक मञ्च, नागरिक सचेतना केन्द्रलगायत समस्त सचेत नागरिकहरुमा हार्दिक अनुराेध गर्दछ, यो समाचार हामीलाई रमेश नेपालले जानकारी गराउनु भएको हो