विहे गर्न अस्वीकार गर्दा, आफ्नो प्रेमिको मुटु झिकी हत्या

बंगलादेशको खुलना भन्ने गाउमा २१ वर्षीया फतेमा अख्तर सोनाली नामकी ती युवतीलाई २८ वर्षीय प्रेमी इम्दादुल हक सिपनले आफूसँग विवाह गर्न अस्वीकार गरेपछि आफ्ना प्रेमीको शरीरबाट छाति चिरेर मुटु निकालेर हत्या गरेको घटनाको अभियोगमा सोनालीलाई अदालतले मृत्युदण्डको फैसला सुनाएको समाचार डेली मेल यु के ले प्रकाशित गरेको छ ।

पुलिस अफिसर खुलनागाउमा,सोनाली फांसीको सजाय पाउने पहिलो युवती हुन ।

अदालतका अभियोजक क्वाजी शबिर अहमदका अनुसार सोनालीले प्रेमी इम्दादुलको ल्‍यापटपमा अन्य महिलासँग सेक्स गर्दै गरेको भिडियो भेट्टाएपछि आवेशमा आएर मुटु झिकी हत्या गरेको बयान अदालतसमक्ष दिएकी थिइन्।

उनको इमदादुल हकसँग प्रेमसम्बन्ध थियो । उनी इमदादुलबाट माया चाहन्थिन जसका कारण उनले प्रेमीसँग पटक पटक शारीरिक सम्पर्क पनि राखेकी थिइन् । तर, इमदादुलले उनीसँग सम्बन्ध राखेको अश्लील भिडियो बनाएका थिए । फातिमाले इमदादुलसँग विहे गर्ने प्रस्ताव राखिन तर, इमदाखुलले अस्वीकार गरे ।

सबै सुम्पिदा पनि विहे गर्न अस्वीकार गरेपछि यही कुराले उनलाई आक्रोशित बनायो । त्यसपछि उनले प्रेमी इमदादुललाई आफ्नो घर बोलाइन र जुसमा निद्रा लाग्ने गोली मिलाएर उनलाई पिलाइन् । जब इमदादुल बेहोस भए तब फातिमाले खुकुरीले पहिला छाति चिरेर मुटु बाहिर निकालिन फेरि उनको घाटी रेटेर हत्या गरिन ।

उनकै बयानको आधारमा बंगलादेशको उत्तरपश्चिम शहर खुल्नास्थित अदालतका न्‍यायाधीशले मृत्युदण्डको फैसला सुनाएका छन । स्मरण रहोस उनी बङ्लादेशको फांसीको सजाय पाउने पहिलो युवती हुन ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |