सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धी खजुरगाछी गाविसकाे सूचना

गौरिगन्ज- खजुरगाछी गाविसमा स्थायी बसाेबास भई सामाजिक सुरक्षा भत्ता खाइपाई अाएका जेष्ठ नागरिक अन्य, जेष्ठ नागरिक दलित, विधवा/एकल महिला, पूर्ण एवं अांशिक अपाङ्ता व्यक्ति र विपन्न दलित बच्चाहरुकाे २०७२ कार्तिकदेखि २०७२ चैत्रसम्मकाे भत्ता वृत्ति रकम यही मिति २०७२/१२/२३ र २४ गते बिहान १०:३० बजेदेखि खजुरगाछी गाविसकाे कार्यालयबाट वितरण गरिने भएकाे हुँदा सम्बन्धित व्यक्तिहरुले सामाजिक सुरक्षा कार्यक्रमकाे सक्कलै परिचय पत्र लिएर स्वयं उपस्थित हुनुहुन सूचित गरिन्छ । रकम निकासा भएकाे ३५ दिनभित्र पेश्की फर्स्याैट गरिसक्नुपर्ने भएकाे हुँदा उल्लिखित मितिमा भत्ता बुझ्न अाउन नसक्ने व्यक्तिले अागामी २०७३/०१/१० गतेभित्र गाविसकाे कार्यालयमा सम्पर्क राखी भत्ता बुझेर लान सकिने छ । उक्त मितिभित्र पनि अनुपस्थित रहने व्यक्तिकाे भत्ता रकम तत्पश्चात जिविसकाे कार्यालय, झापामा फिर्ता पठाइने व्यहाेरासमेत जानकारी, खजुरगाछी गाविसको फेसबूक पेजमा उल्लेख छ् ।

गाविस सचिव, खजुरगाछी गाविस, झापा

सूचना प्रकाशित मिति : २०७२/१२/१७

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |