Featured,
News
»
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको, नयाँ वर्षका दिन शिलान्यास
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको, नयाँ वर्षका दिन शिलान्यास
लामो समयको प्रतिक्षापछि २०७३ वैशाख १ गते नयाँ वर्षमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण उच्चस्तरीय सहयोग समितिद्वारा आज पोखरा विमानस्थलमा आयोजित बृहत् बैठकपछि समितिका संयोजक रवीन्द्र अधिकारीले नयाँ वर्षका दिन विमानस्थलको शिलान्यास गरिने जानकारी गराएको आज को नागरिक न्यूजमा समचार प्रकाशित भएको छ ।
बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थलको शिलान्यास गर्ने जानकारी दिए। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट क्षेत्रीय शब्द हटाइने बताउँदै उनले विमानस्थलको नाम के राख्ने भन्ने सम्बन्धमा उच्चस्तरीय समितिलाई सिफारिस गर्न आग्रह गरे। उहाँका अनुसार शिलान्याससँगै धावन मार्गको निर्माण प्रक्रिया अघि बढ्ने छ । "विमानस्थल निर्माणका लागि आवश्यक रकम, प्रविधि, जनशक्ति सबैको व्यवस्था गरिन्छ," उनले भने- "निर्माण कार्यलाई प्रभावकारीरुपमा सम्पन्न गर्न स्थानीय सक्रियता एवम् अनुगमन अपरिहार्य हुन्छ ।
स्थानीयवासी भीमसेन थापाले विमानस्थल निर्माणका लागि जग्गा उपलब्ध गराउने सर्वसाधारणको भावनाको उच्च कदर गर्न मन्त्री तथा सरकारको ध्यानाकर्षण गराए।