नुमा राई र लामा भाईद्धारा अभिनित कलाकार मंच कुवेतको पहिलो प्रस्तुति

गायक मिलन लामाको शब्द, संगीत र स्वरमा रहेको 'घाम लागेको दिन भो मधुरो' बोलको गीतलाई कुवेतको बिभिन्न रमणीयस्थलहरुमा छायांकन गरेको छ । यस गीतलाई सुरेश ग्याबा तामाङले निर्देशन गरेका छन भने पुष्प वाइबाको छायांकन रहेको छ । यस गीतको म्युजिक भिडियोमा कुवेतलाई कर्मथलो बनाएका मोडेल नुमा राई र लामा भाईको जीवन्त अभिनय रहेको छ, यस म्युजिक भिडियोलाई अन्तर्राष्ट्रिय कलाकार मंच कुवेत शाखाको पहिलो प्रस्तुति स्वरूप बजारमा आएको छ र यस गीतलाई म्युजिक नेपालको युटुब च्यानलमा अपलोड गरिएको छ् ।  

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |