एसएलसी दिँदै गरेकी अविवाहित युवतीले नवजात शिशु जङ्गलमा फालिन

दोलखा- बुधबार खोर थली सामुदायिक बनमा फालिएको सालनालसहितको नवजात शिशु एसएलसी दिँदै गरेकी कक्षा १० की अविवाहित युवतीको भएको पुष्टि भएको छ ।

एसएलसी दिएर फर्केकी एक विद्यार्थीले आफूले जन्माएको शिशु फालेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक विनोदकुमार सुनुवारका अनुसार अहिले एसएलसी दिँदै गरेकी भीनपा–१० लेकटोलकी १८ वर्षीया प्रमिला विश्वकर्माले अवैध यौनसम्बन्धबाट जन्मिएको शिशु फालेको बताए ।

शिशुको शुक्रबार बिहान नै मृत्यु भइसकेको छ । अहिले सुत्केरी आमा प्रमिलाको प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा उपचार भइरहेको छ ।

प्रमिलालाई जिल्ला प्रहरी कार्यालय दोलखाले एसएलसी परीक्षा पनि उपचार गराइरहेको स्थलमा नै दिन लगाएको सुनुवारले बताए ।

नवजात शिशुको जङ्गलमा फालेका कारण मृत्यु भएकाले प्रमिलालाई कर्तव्य ज्यान मुद्दाअन्तर्गत कारबाही चलाइने जानकारी पनि उनले दिए ।

बुधबार एसएलसीको परीक्षा सकेर प्रमिलाले जङ्गलमा आफूले जन्माएको बच्चा फालेकी थिइन् ।

स्थानीय जनताले जङ्गलमा झिँगा भन्किरहेको अवस्थामा जीवितै देखेपछि प्रहरीलाई खबर गरेको थियो । शिशुको उपचारका क्रममा मृत्यु भएको हो । रासस

शिशुलाई उद्दार गर्दै प्रहरीकाे टोली

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |