Entertainment,
Featured
»
रन्जिता लिम्बुको जन्म दिनमा “तिमीले माया” बोलको म्युजिक भिडियो सार्वजनिक
रन्जिता लिम्बुको जन्म दिनमा “तिमीले माया” बोलको म्युजिक भिडियो सार्वजनिक
गौरिगन्ज | गीतकार नैनसिंह राईको पहिलो एल्बम "द विलिभ" को “तिमीले माया मार्यौ भने” बोलको म्युजिक भिडियोलाई म्युजीक नेपाल प्रा.लीले युट्ब च्यानल मार्फत् सार्वजनिक गरेको छ । यस गीतमा गायिका मल्लिक कार्कीको सुमधुर स्वर रहेको छ भने नैनसिंह राईकोे उत्कृष्ट शब्दमा रहेको उक्त गीतमा संगीत आलोक श्रीले भरेका छन । यस गीतको म्युजिक भिडियोमा नायिका एव मोडेल रन्जिता लिम्बु र मिसाम भट्टराईको जोडदार अभिनय देख्न पाइन्छ ।
उक्त म्युजिक भिडियोलाई कगी लिम्बुले निर्देशन गरेका छन् । यस म्युजिक भिडियोको छायाँकन डम्बर राईले गरेका छन ।
अन्तमा यसलाई सन्जोग नै भन्नु पर्छ नायिका एव मोडेल रन्जिता लिम्बुको जन्म दिन मै उनी दुवरा अभिनित म्युजिक भिडियो सर्वजनिक भएको छ् । गौरिगन्ज खबरको तर्फ बाट नायिका एव मोडेल रन्जिता लिम्बुलाई जन्म दिनको शुभ कामना ।