नायिका प्रियान्का कार्कीको फेसबूकमा गुनासो



अभिनेत्री प्रियंका कार्कीले सामाजिक सञ्जालमार्फत अश्लिल गाली नगर्न आग्रह गरेकी छिन्। आइतबार राति उनको आधिकारिक फेसबुकमार्फत 'मेरो मन रुवाउनेहरुको लागि' शीर्षकमा एउटा भावुक पोस्ट सार्वजनिक गर्दै यस्ताे अाग्रह गरेकी हुन् । जसलाई हामीले जस्ताको त्यस्तै साभार गरेको छौ एक पल्ट यदी हामी सचेत नागरिक हौ भने सोच्नै पर्छ ।

मेरो मनलाई रुवाउनेहरुका लागि -

जब जब म नया फोटो हाल्छु, कुनै नया फिल्मको गीत या म्युजिक भिडियो शेर गर्छु, किन यति धेरै गाली गर्नु हुन्छ मलाइ? के मैले कुनै प्रकरको चोट पुराए? तपाइलाइ ब्यक्तिगत रूपमा ठेस पुराए?? 'रन्डी', 'भालु', 'बेशिया'.... येस्ता शव्दहरु प्रयोग गरेर बडा आनन्द महसुस हुन्छ हो? एक्दम महान काम गरे झै लाग्छ हो?

हामी कलाकर दिन रात मेहेनत गर्छौ। घरी फिलिम शुटिङ, घरी कार्यक्रम। दशै, तिहार, चाड पर्व केही न सोची यहाँहरुलाइ मनोरंजन दिन घरी कतार, घरी मलेसिया त घरी अस्ट्रेलिया पुग्छौ। के को लागि? येहि आलोचना खप्नको लागि? कति चित्त दुख्छ होला सोच्नुस ।

यहाँहरुको घरमा छोरी-चेली छैनन? एक पटक सोच्नुस त, तपाइको घरको दिदी-बहिनी, आमा, भाउजू, छोरी हरु माथी येस्तो शब्द कसैले प्रयोग गर्दा, तपाइलाइ कस्तो महसुस हुन्थ्यो?? ठिक त्येस्तै महसुस हुदो होला नि मेरा बुबा, आमा, भाइ र अन्य परिवारका सदस्यहरुलाइ। कहिले काहीँ मामुले फोन गरेर 'छोरी कस्तो नराम्रो लेखेछ तिम्रो फोटोमा हेर त। छिटो डिलिट गर' भन्नूहुन्छ। कति चित्त दुख्छ होला वहाँको।

तपाइलाइ यदि म मन पर्दैन भने बिन्ती मेरो पेजमा आउदै न आउनुस। बरु ब्लक गर्नुस मलाइ तर अश्लील, जथाभावी कृपया न लेखि दिनुस होला।

देशको कलाकारको सम्मान, देशबाटै शुरु हुन्छ। हामीले नगरे, कल्ले त? यती भन्न चाहन्थे ।

धन्यवाद।


Next previous

तपाईंको प्रतिकृया दिनुहोस |