गाउँले रमिता कसरी भइन यति हट ? (भिडियोसहित)


चलचित्र ‘हाउ फन्नी’मा समावेश एक गीत युटुबबाट सार्वजनिक गरिएको छ । यस गीतमा प्रियंका कार्की(रमिता) र केकी अधिकारी(पुष्पा)लाई फिचरिङ गरिएको छ ।

चलचित्रमा दयाहाङ राई, निशा अधिकारी, अनुप विक्रम शाही पनि मुख्य भूमिकामा छन् । चलचित्र रिलिज भएको ४ दिन पश्चात एउटा कामुक गीत सार्वजनिक गरिएको छ । गीतमा प्रियंका कार्की खुबै खुलेकी छिन, भने केकी पनि अन्य चलचित्र भन्दा केही खुलेको देख्न सकिन्छ ।

टिनी बट वीग पिक्चर्सको ब्यानरमा तयार भएको यो चलचित्रलाई निलु डोमाले निर्देशन गरेकी हुन् । चलचित्रको यो गीतमा सुवानी मोक्तान र इन्दिरा जोशीको स्वर, शैलेन्द्र सिंह र शैलेश श्रेष्ठको संगीत, शैलेन्द्र सिंहको शब्द छ ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |