कविता कुलुङ राईको "पानी पानी रे" मा पार्वती राई हट एण्ड सेक्सि अवतारमा
कोरियामा लामो समयदेखी रोजगारीको सिलसिलामा कार्यरत गायिका कविता कुलुङ राई एक दशक अघि नेपाल टेलिभिजनको रियालिटी शो "ब्राईटर तिम्रो शुर मेरो गीत" को अडिसन पार गरि निर्णायकहरुको प्रिय बनेपछि गायन क्षेत्रमा होमिएकी राईले प्रवाशमा रहेर पनि गीत संगतिलाई माया मार्न सकिनन । उनको पहिलो प्रयास सोलो एल्बम "भुलमा भुल भयो" सार्बजनिक गरिसकेकी छिन् ।
यस एल्बमको दुई वटा म्युजिक भिडियो निर्माण समेत गरिसकेकी छिन् । पहिलो गीत "तिमी सुस्तरी" मा उनलाई गायक कुशल थलङ्ग लिम्बुले पनि साथ दिएका छन् भने शब्द डिम्पल वनेम र संगीत शुरेस अधिकारीको छ । गायकद्धयले भिडियोमा अभिनय गरेका छन् । भिडियो छायांकन दोलखाको अत्यन्तै रमणीय ठाउं खरिढुंगामा गरिएको छ ।
त्यस्तै उनको दोस्रो हट आईटम नम्वर "पानी पानी रे" मा प्रसिद्ध नृत्यांगना पार्वती राईको हट एण्ड सेक्सि अवतारमा देखिएकी छन । पार्वतीको करियरमै अहिलेसम्मकै पृथक अवतार देखिएको भिडियो सङ्स नेपालको युटुब च्यानल मार्फत सर्वजनिक भएको छ् ।
यस गीतको शब्द र संगीत दुवै निलम रोज राईको रहेको छ भने भिडियोको निर्देशक युगल पोमो लिम्बुको रहेको छ । त्यस्तै छायांकन अर्जुन तिवारी र सम्पादन निशान घिमिरेको रहेको छ । श्रृङ्गार क्रमशः संगीता लामा र लोकेश थापाको छ भने कोरियोग्राफि निर्देशक पोमो र तेन्जु योन्जनको छ ।



