श्री पञचेश्वर शिबालय मन्दिरको चौथो साधारण सभा सम्पन्न
गौरीगन्ज । झापा जिल्ला गौरादह नगरपालिका डिपु पश्चिम् रहेको श्री पञचेश्वर शिबालय मन्दिरको चौथो साधारण सभा आज २०७२ बैशाख १८ गते सम्पन्न भएको छ ।
सो साधारण सभा मन्दिरका अध्यक्ष गोपाल प्रसाद काफ्ले ज्युको सभापतित्वमा भएको थियो भने प्रमुख अतिथि झापा जिल्ला जेष्ठ नागरिक समितीका अध्यक्ष भबानी प्रसाद रिजालको आतिथ्यमा भएको थियो र यस कार्यक्रम संचालन मन्दिरका सचिब गोपि धमला ज्युबाट भएको थियो ।
कार्यक्रममा बिगतका पुराना दान दिने दानबिर हरु लाई सम्मान गरिनुका साथै अन्त्यमा नयाँ कार्य समिती पनि गठन गरियो।



