कोरिया | कोरिया सरकारले भिसा नभएका बिदेशी कामदारलाई पक्राउ गर्ने काम तीब्र बनाएको छ | यसै क्रममा बुधबार दिनभर प्यान्थेक क्षेत्रमा अध्यागमन कर्मचारी र प्रहरीले संयुक्त रुपमा धडपकड जारि राखेका छन् |
बिहान ११ बजेबाट हालसम्म जारी रहेको धड्पकड़ कार्यक्रममा नेपाली पक्राउ परे नपरेको थाहा भएको छैन |त्यसै गरि अध्यागमनले यसपाली सुवनमा हप्ताको दुई दिन धडपकड कार्यक्रम राखेको श्रोतले बतायो | जस अनुसार आउदो शुक्रबार र सोमबार बस टर्मिनल र रेल स्टेसनमा धड्पकड हुने श्रोतको दाबी छ |
कोरिया सरकारले भिसा नभएका बिदेशीको संख्या घटाउन गत मार्च ७ देखि अर्को महिनाको १४ तारिक सम्म व्यापक धड्पकड गर्ने योजना बनाएको छ | यो अवधिमा ७० हजारलाई स्वदेश फर्काउने अध्यागमन विभागको सुचनामा उल्लेख छ |



