News
»
सवै बालबालिकालाई बिद्यालय
सवै बालबालिकालाई बिद्यालय
झापा | विद्यालय जाने उमेर समूहका सबै बालवालिकालाई विद्यालय भर्ना गराउन जिल्ला शिक्षा कार्यालय झापाले यस वर्ष विशेष अभियान शुरु गर्ने भएको छ ।
झापामा अझैं पनि सत प्रतिशत विद्यालय जाने उमेर समूहका बालबालिका विद्यालय भर्ना हुन नसकेपछि निजी विद्यालयलाई समेत ‘चाइल्ड ट्रयाकिङ्ग’को अवधारणा अघि सार्दै जिल्लाका सत प्रतिशत बालवालिकालाई शिक्षाको पहुँचमा ल्याउने जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुइँटेलले बताए ।
विद्यार्थी भर्ना अभियानलाई सफल बनाउन झापाका १७ वटै श्रोत केन्द्रका श्रोतव्यक्तिलाई आफ्नो केन्द्रभित्र पर्ने सबै विद्यालयका प्रधानाध्यापकलाई आआफ्ना विद्यालयको आसपासमा रहेका बालबालिकाको तथ्याङ्क संकलन गर्दै विद्यालय नजाने बालबालिकालाई विद्यालयमा भर्ना गराउन निर्देशन दिइने जिशिअ लुइँटेलले बताए । तस्विर: फेसबुकबाट