धिमाल जातिहरू जात्री पर्वमा रमाउँदै



गौरीगन्ज । झापा, मोरङ र सुनसरीमा बसोबास गर्ने धिमाल जातिका मानिसहरुमा आफ्नो मुख्य चाड जात्री पर्वमा रमाइ रहेका छन् । हरेक बर्षको बैशाख २ गते धिमाल जातिको उद्गमस्थल मोरङको भोगटेनीमा मेला लगाएर सुरु भएकोे यो पर्व अहिले गाउँटोलसम्म पुगेको छ । भोगटेनीबाट सुरु भएपछि धिमालका बस्तीको टोलटोलमा यो पर्व पुग्ने गर्छ । ग्रामथानमा हाँस कुखुरा, सुँगुर लगायतको बलि पनि दिइन्छ । असार संक्रान्तिसम्म मनाइने यो पर्व झापा, मोरङ र सुनसरीका ९८ वटै गाउँटोलहरुमा मनाइने गरिएको छ । पछिल्लो समय काठमाडौंमा पनि धिमालहरुले यो पर्व मनाउने गरेका छन् ।

प्रकृतिपूजक धिमालहरू रोगव्याधि नलागोस्, बाली–बिरुवा लगाउने बेला वर्षात होस्, जंगली जनावरले दु:ख नदिऊन् भन्ने कामनासहित महाराजस्थानमा गएर सामूहिक पूजाआजा गर्छन् । परापूर्वकालमा धिमालहरूले यी समस्या समाधान गर्न ग्रामधानमा पूजा गर्दा मनोकामना पूरा भएपछि यसलाई निरन्तरता दिइएको जनविश्वास छ ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |