कोरियाली भाषा परीक्षाका आवेदन केन्द्रहरुको नामावली सार्वजनिक



नेपाली युवाका लागि आकर्षक गन्तव्यका रूपमा चिनिएको कोरियाको रोजगार अनुमति प्रणाली इपिएस अन्तर्गत लिइने कोरीयाली भाषा परीक्षाको लागि, यो वर्ष दरखास्त सङ्कलनका लागि उपत्यकामा पाँच स्थानसहित उपत्यका बाहिर बुटवल, पोखरा, धरान, जनकपुर र डडेल्धुरा गरी १० स्थानमा दरखास्त सङ्कलन केन्द्र राखिनेछ । कोरियाली भाषा परीक्षाका आवेदन केन्द्र, कहाँ–कहाँ छन ? जान्नको लागि तल निम्न अनुसार छन ।

काठमाडौं उपत्यका

  • वनकालीस्थित नेपाल वेद विद्याश्रम संस्कृति मावि
  • महाराजगन्जको काठमाडौं भ्याली उच्च मावि
  • कीर्तिपुरको ल्याबरोटरी उच्च मावि
  • सातदोबाटोको महेन्द्र आदर्श विद्याश्रम
  • बालकुमारीको च्यासल फुटसल खेल मैदान

काठमाडौं उपत्यकाबाहिर

  • धरान : धरान–स्थित सभागृह
  • जनकपुर : श्रम कार्यालय
  • बुटवल : बुटवलस्थित प्रदर्शनी मण्डप
  • पोखरा : बाटुलेचौरस्थित विन्ध्यवासिनी उच्च मावि
  • डडेलधुरा : अमरगढी नगरपालिकास्थित कर्मचारी मिलन केन्द्र

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |