यूएईमा नेपाली नयाँ बर्षमा, नयाँ बर्ष धमाका

नेपाली नयाँ बर्ष २०७३ को छेकोमा युएईमा रहँदै आएका नेपालीहरुको बीच सांस्कृतिक कार्यक्रम ‘नयाँ बर्ष धमाका’ हुने भएको छ । ‘नेपलीज कलाकार समुह’(नाग)को आयोजनामा हुन लागेको कार्यक्रममा नाम चलेका नेपाली कलाकारहरुले प्रस्तुती दिनेछन ।

नयाँ वर्ष २०७३ कै अवसर पारेर तेस्रा इन्डियन आइडल प्रशान्त तामाङ पहिलोपटक यूएईको मञ्चमा उत्रने भएका छन । अप्रिल १४ र १५ मा दुबई, रसल्खेमा र सारजाहमा हुनेछ । उक्त सांगीतिक धमाकामा प्रशान्तका साथमा अन्य कलाकारहरु यूएईका नेपालीहरुको नयाँ वर्षलाई संगीतमय बनाउन यूएई आउँदै छन ।

नयाँ वर्ष धमाका नाम दिइएको उक्त कार्यक्रममा प्रशान्तका साथमा गायक बादल प्रसाईं, अभिनेत्री नम्रता सापकोटा, अभिनेता तथा भिजे श्याम अर्याल, मोडेल जनवी बोहोरा, हाँस्य कलाकार देविराम पराजुली (भोकलाग्यो), भिजे विवेक खतिवडाका साथमा यूएईमा कार्यरत चर्चित नेपाली कलाकारहरुको प्रस्तुति रहने आयोजक नेपाली कलाकार समूहका संरक्षक रतन थापाले जानकारी दिएका छन ।

उक्त संस्थाले अहिलेसम्म नेपालबाट अभिनेत्री रेखा थापा, अभिनेता भुवन केसी र अनमोल केसी, गायिका अनु ढकाल लगायतका कलाकारहरुलाई युएईमा पुर्याई विभिन्न कार्यक्रमहरु सफलताका साथ समपन्न गरिसकेको छ ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |