हलमा रेखाको यस्तो क्रेज (भिडियो सहित)



शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म 'रामप्यारी'ले आक्रामक सुरुवात गरेको छ । सुपरस्टारको दर्जा पाएकी नायिका रेखा थापाको फिल्म ‘रामप्यारी’ हेर्न हल-हलमा दर्शकको संख्या उल्लेख्य देखियो भने (म्याटोनी शो) अन्तर्गत मध्यान्हको शो हेरेर निस्केका दर्शकले रेखालाई उचाले, घेरे, सेल्फी खिचे अनि 'रामप्यारी' रक्सको नारा लगाए । केहि बेर रेखा रेखाको नाराले गोपिकृष्ण प्राङ्गण गुञ्जाएमान बनेको थियो ।

राजधानीको गोपिकृष्ण हलमा रेखा थापा पनि देखिईन् । जहाँ दृश्य यस्तो बन्यो कि, रेखा थापाको स्टार पावरको अघि धेरैको केहि लाग्दैन् कि ? प्राप्त दृश्य यस्तै बोल्छ ।

पहिलो दिन ‘रामप्यारी’को औसत अकुपेन्सी ९० प्रतिशत भन्दा माथी छ । रेखा थापाको स्टारपावरकै कारण सबिर श्रेष्ठ निर्देशित यो फिल्म शुक्रबार देशभरका विभिन्न स्टेशनमा हाउसफूल बन्यो । धेरै भन्दा धेरै दर्शकले माया दिए, अनि फिल्म राम्रो लागेको प्रतिक्रिया दिए, मज्जाको अनलाईनले प्राप्त गरेको राजधानी तथा मोफसलका हलहरुको रिपोर्ट यहि बोल्छ ।

महिला टेम्पो ड्राईभरको कथा बोल्ने ‘रामप्यारी’मा रेखासँगै आभाष अधिकारी र आश्मा डिसी लिड रोलमा छन् । नयाँ बर्षको छेकोमा प्रदर्शनमा आएको यो फिल्मको पहिलो दिनको बिजनेसलाई मात्रै हेरेर अनुमान लगाउन सकिन्छ कि फिल्मले शनिबारदेखी नयाँ बर्ष आसपासका सबै दिनमा बम्पर बिजनेस गर्नेमा शंका छैन्

हलमा रेखाको यस्तो क्रेज भिडियो हेर्नुस ।

फेसबुकमा
भर्खरै