Featured,
News
»
विदेशबाट ल्याएको मोबाइल, अब दर्ता नगरे ब्लक हुने
विदेशबाट ल्याएको मोबाइल, अब दर्ता नगरे ब्लक हुने
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले वैशाख १ गतेदेखि नेपाल दूरसञ्चार प्राधिकरणले अवैध तथा गैह्रकानुनी रुपमा भित्रिएका मोबाइल फोनलाई व्यवस्थित गर्न नयाँ निर्देशिका लागु गरेको छ । प्राधिकरण भनेको टेलिफोन, मोबाइल, इन्टरनेटलगायतका सेवा नियमन गर्ने निकाय हो । यसले नेपाल टेलिकम, एनसेल, युटिएल आदि मोबाइल सेवा दिनेदेखि आइएसपीसम्मलाई निर्देशन दिने काम गर्छ। निर्देशिकाअनुसार अब अनिवार्य रुपमा सबै मोबाइल सेटहरु सरकारी निकायमा दर्ता गर्नुपर्छ ।
तपाईँले त्यसरी विदेशबाट ल्याएको मोबाइल नेपाल दूरसञ्चार प्राधिकरणमा लगे दर्ता गर्नुपर्ने हुन्छ। त्यसका लागि तपाईँले फाराम भर्नुपर्छ । फारामका साथ तपाईँले नागरिकता वा पासपोर्ट पनि बुझाउनु पर्छ। वैशाख १ गतेदेखि प्राधिकरणको यो अन्तरिम निर्देशिका लागू हुने भए पनि विदेशबाट ल्याएका मोबाइलको IMEI नम्बर फाराम भरेर दर्ता गराउन लानुपर्ने यो व्यवस्था चाहिँ दशैँपछि अर्थात् २०७३ कात्तिक १ गतेदेखि मात्रै लागू हुनेछ ।
नेपाल दूरसञ्चार प्राधिकरणमा मोबाइल सेटको आइएमइआई नम्बर दर्ता नगरे कात्तिकदेखि तपाईंको मोबाइल ‘ब्लक’ हुन्छ ।
अनी भन्सार नतिरी भित्रिएका र विदेशमा किनेर ल्याइएका मोबाइलको IMEI नम्बर दर्ता नगरिएका मोबाइलले नेपालमा काम नै गर्ने छैनन ।
कसरी थाहा पाउने आइएमइआई नम्बर ?
आइएमइआई नम्बर मोबाइलको पहिचान हो जुन *#06# थिच्यो भने देखिन्छ ।
सामान्य खालको मोबाइलमा ब्याट्रि निकालेपछि र आइफोनमा सेटिङ भित्र गएर पनि आइएमइआई नम्बर हेर्न सकिन्छ ।
अब मोबाइल आयातकर्ताले आफूले वैध रुपमा बेच्न ल्याएका मोबाइलको आइएमइआई नम्बर समेत सरकारलाई बुझाउनुपर्ने छ । नेपालमा किनिएका मोबाइलको भने आइएमइआई दर्ता गर्नुपर्ने छैन ।
आजबाट दर्ता सुरु
दूरसञ्चार प्राधिकरणले आयातित मोबाइलको आइएमइआई नम्बर मोबाइल सेवा प्रदायकहरुलाई दिने सहप्रवक्ता मिश्रले बताए । गैरकानुनी रुपमा भित्रिएका मोबाइल फोनले विभिन्न समस्या भएपछि प्राधिकरणले यस्तो व्यवस्था गरेको हो । अब अबैध तरिकाले भित्रिएका मोबाइल फोन दर्ता हुनेछैनन् र नेपालमा काम पनि गर्ने छैनन् ।
प्राधिकरणका अनुसार आजदेखि सबैखाले मोबाइलको युनिक आइडेन्टिटी रजिष्ट्रिको काम सुरु भएको छ । योसँगै अवैध आइएमइआई नम्बर भएका मोवाइलको ट्रयाकिङ पनि सुरु भएको छ ।
कत्तिकदेखि प्राधिकरणले मोबाइल ट्रयाकिङ सिस्टमलाई फूल अपरेसनमा लैजाने बताएको छ । कात्तिकदेखि आइएमइआई नम्बर फर्जी भएका मोबाइललाई ब्लक गरिनेछ ।
विदेशबाट ल्याएकालाई के गर्ने ?
अब विदेशबाट आएको मोबाइलको आइएमइआई नम्बर अनिवार्य रुपमा दर्ता गराउनुपर्नेछ । यस्ता विदेशबाट आएका मोबाइलमा अब सेवा प्रदायक मोबाइल कम्पनीले दर्ताका लागि एसएमएस पठाउनेछन् ।
त्यसपछि आफ्नो मोबाइलको आइएमइआई नेपाल दूरसञ्चार प्राधिकरणमा गएर दर्ता गराउनुपर्नेछ । मोबाइलको यस्तो नम्बर दर्ता नभए विदेशबाट आएका मोवाइल ब्लक हुनेछन् । नेपालमा किनिएका मोबाइलको भने आइएमइआई दर्ता गर्नुपर्दैन । अब आफ्ना मोबाइल हराएमा त्यसलाई नचल्ने बनाउन पनि सकिनेछ ।
मोवाइल हराएपछि त्यसका विवरण राखेर दूरसञ्चार प्राधिकरणमा निवेदन दिनुपर्ने हुन्छ । यसो गरेपछि हराएको मोबाइल चल्ने छैन । आइएइआई नम्बरका आधारमा ति मोबाइल ब्लक हुनेछन् ।