News
»
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रधानमन्त्री केपी शर्मा ओलीदृारा शिलान्यास
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रधानमन्त्री केपी शर्मा ओलीदृारा शिलान्यास
पोखरा | प्रधानमन्त्री केपी शर्मा ओलीले आज पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको शिलन्यास गरेका छन्। उनीसँग प्रमुख दलका नेताहरुले पनि इटा राखे।
त्यसपछि कार्यक्रममा सहभागी एमाओवादी अध्यक्ष प्रचण्ड, उपप्रधानमन्त्री तथा राप्रपा नेपालका अध्यक्ष कमल थापा र उपप्रधानमन्त्री तथा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष बिजयकुमार गच्छदार र कांग्रेस महामन्त्री शशांक कोइरालाले शिलान्यासका क्रममा इँटा थपेका थिए ।
सवै दलका नेताले शिलन्यासमा इटा राख्नु सबै एक मतका साथ विमानस्थलको निर्माण सम्पन्न गर्न चाहनन्छन् भन्ने सन्देश भएको प्रधानमन्त्री ओलीले बताए। ओलीले ४ बर्ष पछिको नयाँ बर्षमा विमानस्थल सम्पन्न हुने उनले बताए। उनले निर्माण कम्पनी कम्पनि चाइना सिएएमसीइसँग त्यो भन्दा छिटो काम सक्ने अपेक्षा लिएको बताए।
प्रधानमन्त्री ओलीले केरुङ देखि काठमाडौं, काठमाडौं देखि पोखरा र पोखरा लुम्विनी रेलमार्ग निर्माणमा पनि चीनले सहयोग गर्ने अपेक्षा राखे। प्रधानमन्त्री पोखरा विमानस्थल रेकर्डको लागि शिलन्यास नभएको बताए। 'यो रेकर्डको लागि शिलन्यास भएको होइन', उनले भने, 'कामको लागि शिलन्यास भएको हो र यो सरकारले शिलन्यासको रेकर्डमा विश्वास राख्दैन।'
प्रधानमन्त्रीले विमानस्थलको शिलन्यास रनवेबाट भएको बताउँदै यो वर्ष विकासका कार्यक्रमहरु पनि जहाज दौडदाँ झै अघि बढ्ने भनाई व्यक्त गरे।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सबै तिरबाट सहयोग भएर आज पोखरा विमानस्थ सम्भव भएको बताए। उनले आफू प्रधानमन्त्री हुँदै प्रक्रिया सुरु भएको समेत बताए। दाहालले आफ्नो चीन भ्रमणको बेला नै यसको प्रक्रिया थालेको बताए।