‘रुक रुक’ गीतमा आर्यन र मरिष्काको लीप किस (भिडियोसहीत)


चलचित्र ‘के म तिम्रो होइन र’को दोश्रो गीत सार्वजनिक गरिएको छ । ‘रुक रुक ओ समय’ बोलको गीत पनि गीतसंगीतको बजारमा प्रतिस्पर्धा गर्न योग्य देखिएको छ । नायक आर्यन अधिकारी र नायिका मरिष्का पोख्रेलले यस गीतमा लिप किस पनि गरेका छन् ।

चलचित्रका मुख्य २ कलाकार आर्यन अधिकारी र मरिष्का पोख्रेललाई गीतमा फिचरिङ गरिएको छ । दुबै कलाकार नया“ भएपनि उनीहरुले गीतमा बेजोड प्रतिभा देखाएका छन् । बसन्त सापकोटाको संगीत, मिलन अमात्य र प्रल्हाद तिमिल्सिनाको स्वर, डाक्टर कृष्णहरि बरालको शब्द रहेको यो गीतको भिडियोलाई पनि आकर्षक लोकेशनमा खिचिएको छ ।

आकाश अधिकारीको लेखन तथा निर्देशन रहेको यो चलचित्रलाई सुरेश अधिकारीले निर्माण गरेका हुन् । चलचित्र वैशाख ३१ गतेबाट देशभर प्रदर्शनमा आउदैछ । चलचित्रलाई अधिकारी व्रदर्सको प्रस्तुतीमा द स्काइ मुभिजले सहकार्य गरेर निर्माण गरेको हो ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |