सिर्जु अधिकारी यतिखेरकी व्यस्त, मोडल तथा गायिकाको रुपमा परिचित



कुमार राई | लामो समयदेखी सांगितिक क्षेत्रमा संघर्षरत नायिका, मोडल तथा गायिका सिर्जु अधिकारी यतिखेरकी व्यस्त मोडल तथा गायिकाको रुपमा परिचित छिन् । दाङको तुलसीपुर नगरपालीका वडा नं. ४ मा जन्मिएकी सिर्जु आधिकार नायिका भन्दा पनि मोडलिङ र गायन क्षेत्रमा स्थापित छिन् । आफु तिजको गितबाट सांगितिक क्षेत्रमा प्रवेश गरेको बताउँछिन् । अहिलेसम्म १७/१८ वटा गीतमा आफ्नो स्वर र दुई दर्जन जती गीतमा मोडलिङ गरीसकेकी छिन् । यसबाहेक शोभित बस्नेतको “राज” र माधव खरेलको “देवदेवकी” फिल्ममा नायिकाको रुपमा अभिनयसमेत गरिसकेकी छन् । “आफ्नो रुचि गायनतिर छ तर मोडलिङतिर होमिनु परेको छ” आफ्नो वाध्यता यसरी पोख्छिन् सिर्जु । “खाडी मुलुक कहिले आउछौ”, “मायालाई जिन्दावाद”, “कुर्दै बित्यो चोला”, “जति छल आए पनि”, “जब दिल जलेर” लगायतका गीतहरुमा उनले अभिनय गरिसकेकी छन् ।

सिर्जुले आफुलाई दर्शक तथा स्रोताले गायन क्षेत्रबाट भन्दा मोडलिङ बाटै धेरैले चीनेकाे बताउँछिन् । उनले गाएका गित धेरै जसो बजारमा चर्चामा आएका पनि छन् । उनले गाएका गित धेरै जसो आफ्नो स्वर सँगै आफैले भिडियोमा अभिनय गरेकी पनि हुन्छिन् । हाल पश्चिमअन्चलमा हुने बिभिन्न महत्सोवमा आफ्नो प्रस्तुती दिदै ब्यस्त छिन् ।

शुरुवातमा यस क्षेत्र बाटै हात झिक्ने मनसाय बनएको थिईन । एक पटक गीत गाउँदा आफैलाई साह्रै नराम्रो लागेर अनि मैले सक्ने रहिनछु भन्ने लागेको थियो तर गुरुहरुले धेरै सम्झाउनु भयो त्यसैले गर्दा आज यहाँ सम्म छिन् ।








Next previous

तपाईंको प्रतिकृया दिनुहोस |