नालीबेलीले सार्वजनिक निकायले दिने सेवाहरुको जानकारी उपलब्ध गराउदै



नालीबेलीले सार्वजनिक निकायले दिने सेवाहरुको बारेमा जानकारी संकलन गरी सर्वसाधारणहरुलाई त्यसको बारेमा सजिलो तरिकाबाट जानकारी दिईरहेको छ |

सरकारी कार्यालयमा जाँदा लैजानुपर्ने कागजात र गर्नुपर्ने प्रक्रियाबारे थाहा भयो भने काम सजिलो र छिटो हुन सक्छ । यस्तो जानकारी नालीबेलीबाट सजिलै जानकारी घरमै बसेर थाहा पाउन सकिन्छ ।

सरकारी कार्यालयहरुमा नागरिक बडापत्र हुन्छ जसमा कुन कामका लागि के कागजपत्र चाहिन्छ र कसलाई सम्पर्क गर्ने भन्ने जानकारी हुन्छ तर, कार्यालयमा पुगेर कागजपत्र थाहा पाउनुभन्दा घरबाटै के के कागजपत्र चाहिन्छ भनेर तयारी गरेर जानु उपयुक्त हुन्छ ।

यो सरकारी कामकाजको प्रक्रिया र आवश्यक कागजातबारे जानकारी दिने नालीबेली डट ओआरजी वेब पोर्टल हो । गल्लीगल्ली नामक गैरनाफामूलक कम्पनीले सञ्चालन गरेको वेब पोर्टल हो । यसको रुपरेखा ठ्याक्कै विकिपेडियासँग मिल्दोजुल्दो छ । सरकारी कामको प्रक्रियाबारे बुझ्नेबाहेक आफूलाई थाहा पाएको सरकारी कामको प्रक्रियाबारे जानकारी दिन पनि मिल्छ जुन अरू मानिसलाई काम लाग्न सक्छ । साथै, आफूलाई चाहिएको कुनै जानकारी भेटिएन भने यो चाहियो भनेर अनुरोध गर्न सकिन्छ जुन केही दिनमै अपलोड हुनेछ । यसका लागि नालीबेलीमा लगइन गर्नुपर्ने हुन्छ । अन्य प्रयोगकर्ताले दिएको जानकारीहरू नालीबेली विकीको सम्पादकहरूले तथ्य जाँचेपछि वेबसाइटमै राख्छन् अनी प्रयोगकर्ताले मागेको जानकारीहरू खोजेर अपलोड पनि गरिन्छ ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |