त्रिपुर महोत्सवको आठौं दिनमा केन्द्रीय कलाकारको धमाका



नारायणपुर उधोग वाणीज्य संघको आयोजनामा नारायणपुरमा जारी ‘त्रिपुर व्यापारिक, कृषि तथा पर्यटन महोत्सव २०७२’ मा आज केन्द्रीय कलाकारले सांगीतिक प्रस्तुती दिए । ‘कृषि व्यवसाय एवं पर्यटनमा प्रोत्साहनः दीगो अर्थतन्त्रका लागि अमूल्य योगदान’ भन्ने मूल नाराका आयोजना गरिएको महोत्सवमा आठौं दिन आज सुगम संगीतका चर्चीच गायीका रेजीना रिमाल, नायीक आशिष्मा नकर्मी, गायीका एवं मोडल सीर्जु अधिकारी, नायक गम्भीर विष्ट हास्य कलाकार भटभटे माईलालगायतका कलाकारहरुको प्रस्तुति दिनुभएको थियो । शवदाह गृह निर्माण गर्ने मुख्य उद्देश्य र स्थानीय उत्पादनको बजारिकरण, स्थानीय भाषा, धर्म, साहित्य, कला परम्परागत सीप तथा संस्कृतिको संरक्षण, प्राकृतिक, सांस्कृतिक, धार्मीक पर्यटकीय स्थलको प्रचारप्रसार एवं व्यवसायीक चेतना अभिवृद्धि गर्ने उद्धेश्यका साथ आयोजना गरिएको महोत्सवमा करिब ५ करोडको आर्थिक कारोबार गर्ने र करिब १ लाख ५० हजार दर्शकहरुले महोत्सवको अवलोकन गर्ने महोत्सव मूल समितिका संयोजक गोपालप्रसाद लम्सालले जानकारी दिनुभयो । महोत्सवम करिब २ सय ५० स्टलहरु रहेका छन् । महोत्सवका प्रवेशका लागि ५० रुपैयाको टिकटको व्यवस्था गरिएको छ भने विद्यार्थीहरुका लागि ३५ रुपैयाको टिकटको व्यवस्था गरिएको छ ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |