म अनी मेरो सम्झना भित्र ठेकिटोल



आज यो तस्विर फेसबूकको पानामा भेटदाको क्षण स्तब्ध नै भयो मेरो मन ! किन ? म त तस्विर भित्रै मेरो बल्यकालको कालखण्डमा पो पुगेछु । मावला जादा सकीनसकी ठेकीटोल देखी गौरादहसम्म हिंडेको यात्रा अनी पछी केही समयको अन्तरलमा घण्टौ गाडी कुरेर बसको छतमा यात्रा गरेको सम्झनाहरु त्यस बेला एउटै गाडी चल्थियो लालीगुरास त्यो पनी गौरिगन्ज सम्म तर आज मेरो गाउमा पनि तस्विरमा "बस" यात्रुहरु कुरेर बसेको देख्दा अन्नन्द लाग्यो तर पनि देशले कोल्टे फेरी सक्दा पनि मेरो गाउले कुनै काचुली फेरेको जस्तो लाग्दैन ? तस्विरमा

अब चाडै पुर्ब पश्चिम हुलाकी राजमार्ग मेरो ठेकीटोला चोकको मध्य भागमा लमतन्न सुतोस त्यो दिन हेर्न लालयित छ मेरो मन ।

अन्तमा, ढिलै भए पनि म कुमार राईको तर्फबाट नयाँवर्ष २०७३ सालकाे पावन अवसरमा सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति तथा समृद्धिकाे लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु । तस्विर बिक्रम काफ्लेको फेसबूकबाट साभार




Next previous

तपाईंको प्रतिकृया दिनुहोस |