सभासद शान्ता चौधरीको प्रेरणादायी कथा
धेरैलाई हासाे लाग्दाे हाे तर मलाई जीवनकै सर्वाेच्च उपलब्धी लागेकाे छ- मैले कक्षा अाठ पास गरे। जिल्ला स्तरीय परीक्षा थियाे। घर व्यवहार र राजनीतिले गर्दा पर्याप्त पढ्न पाएकाे थिइन। अाफूलाई फेल हुन्छु भन्ने कत्राे चिन्ता थियाे तर पास भएछु। पास मात्र हाेइन फस्ट डिभिजन अाएछु। म पास हुँदा मेरा छाेराछाेरीकाे खुसीकाे सीमा छैन। उनीहरु असाध्यै खुसी छन्। स्कूलका अादरणीय गुरुहरुले म पास भए पनि यति अङक अाउला भन्ने साेच्नुभएकाे थिएन रे । अादरणीय गुरुहरु प्रति अाभारी छु। गुरुहरुले मलाई ज्ञान दिएर लगाउनुभएकाे गुणका लागि कृतज्ञता ज्ञापन गर्ने म सँग शब्द नै छैन। कक्षाका साथीहरु कसले कति अङक ल्याउनुभयाे मैले थाहा पाएकी छैन। किनभने म अहिले धरानमा छु। कक्षामा सँगै पढ्ने छाेराछाेरी भन्दा सानाहरुलाई साथी भन्न पाउँदा मलाई गर्वकाे अनुभुति हुन्छ। ती बालसखाहरुबाट मैले धेरै कुरा सिक्न पाएकी छु। मानिसहरु मन्त्री बन्नु ठूलाे सफलता र खुसीकाे कुरा हाे भन्छन् तर अाठ कक्षा पास गर्नु मेरा लागि मन्त्री बन्नुभन्दा ठूलाे सफलता हाे। मलाई ध्यान दिएर पढ्न मिडियाले पनि बाध्य बनायाे। म स्कूल जान थालेकाे समाचार मिडियामा अाअाेस भन्ने चाहन्नथे तर अायाे। मिडियामा लगातार समाचार अायाे। याे कारण पनि म पढाइमा ध्यान दिन बाध्य भएँ। यसका लगि सचारकर्मीहरुलाई धन्यवाद। मलाई पढ्न सधै प्रेरित गर्ने हाम्राे पार्टी नेकपा एमालेका नेताहरु तथा पार्टी पक्ति, सकारात्मक अभियानका साथीहरु, शुभचिन्तकहरु तथा इष्टमित्रहरुप्रति अाभारी छु। छ। तपाईहरुकाे अाशीर्वाद तथा प्राेत्साहनले म कक्षा नाैमा पनि अवश्य सफल हुनेछु ।



