आइफोन कम्पनीमा आफ्नो हाजिर गर्दै कामदारहरु
चीनको पेगाट्रोन ग्रुप नामक कम्पनीले आइफोन तथा आइप्याड एसेम्बल गरेर तयार पार्ने गर्दछन् ।
उक्त कम्पनीमा ५०,००० कामदार छन र मिलिट्री जस्तो अनुशासित भै बिहान सबैले अा-आफ्नो युनिफर्म गुलाबी ज्याकेट, आकाशे हियर नेट र पलास्टिकको चप्पल लगाएर लाईनमा आफ्नो अाई डी सुपरभाइजरको आइ प्याडमा स्क्यान गरेर हाजिर गर्नुपर्छ । त्यस पश्चात कामदारको काम सुरु हुन्छ, जहाँ उनीहरुलाई समानता, अनुशासन, एकता, सर्वोत्कृष्टता तथा कडा परिश्रम जस्ता नारा भट्याउन लगाइन्छ ।
लाईनमा आफ्नो पालो कुर्दै हाजिर गर्न कामदारहरु
तस्विर: डेलीमेल