सामाजिक सञ्जाल टुविटरले समस्या समाधान नगर्दा बिहीबार ४० मिनेटसम्म बन्द



माइक्रो ब्लगिङ सामाजिक सञ्जाल टुविटरले समयमै आफ्नो समस्या समाधान नगर्दा बिहीबार ४० मिनेटसम्म बन्द हुन पुग्यो ।

प्राविधिकहरुले नियमित अनुगमन गर्न हेलचेक्र्याई गरेपछि बिहान साढे ८ बजेदेखि टुविटर बन्द भएपछि टुविटर पुन: सुचारु हुन करिब ४० मिनेटको समय लागेको थियो ।

टुविटर बन्द भएपछि प्रयोगकर्ताहरु आफ्नो पेज लग इन गर्दा आफ्नो पेजमा something is rung लेखिएको देखाएको थियो । यसले गर्दा विश्वभरका प्रयोगकर्ताहरु ४० मिनेटसम्म टुविटर चलाउनबाट बञ्चित भएका थिए ।

माइक्रो ब्लगिङ टुविटरमा पटक पटक समस्या आएपछि उसले सूचना जारी गर्ने गरेको छ।
स्रोत: एजेन्सी

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |