जापानमा शरणार्थी बन्नुकाे रहस्य खोतल्दा !!!
-सतिश भट्टराई | “उसले मलाई हैन मैले चाहिँ त्यसलाई छोडिदिएँ।” उनको बोली कठोर थियो अाँसु मिश्रित आँखामा आक्रोश अनि पिडा। प्रेमीले उनको प्रेममा विश्वासघात गरेको रहेछ। एकदुर्इ हप्ता फेसबुकमा लगातार गफ हुदा पनि मैले उनमा त्यस्तो रुप देखेको थिर्इन। पहिलो पटक टाेकियाे ताकादानो-बाबाको म्याकडोनालमा भेट गर्ने निर्णय भयो।
शरणार्थी बन्नु मेरो रहर थिएन बाध्यता बन्न पुग्यो । मेरो कुनै प्रतिक्रिया थिएन, ” म पनि के गर्न सक्थे र!
फेरी भन्न् थाली,”अबदेखि म तपाइलाई पनि भेट्दिनँ।
मैले चोखो प्रेम गरेकि थिएँ।
हाम्रो घर टाँडी,चितवन एउटै ठाउँ भएकाले फेसबुकमा नै धेरै कुरा गरिसकेका थियाै। बोलचाल नभए पनि एकले अर्कालाई नेपालमा नै देखेको पक्का पक्की भैसकेको थियो। भेट्न आउनु अघि नै उसले मलाई फोनको पैसा नतिरेकाले फोन नलाग्ने जनाई सकेकी थिइन्, किन नतिरेको अार्इफाेनकाे विल? मैले अचानक साेध्न पुगेछु । अार्इफाेनकाे विल नर्तिनुकाे आफ्नै कहानी छ भेट हुदा मात्र भन्छु भन्ने गर्थी। उनको याैवन र सुन्दरताले पृथ्वीको गुरुत्वकार्षणले तानेको जस्तो मलाई उ प्रति तानी सकेको थियो। मानिसको भीडमा हामीले एक अर्कालाई चिन्न सकेन छौ। न उनिसंग फोन थियो न मैले मेरो नम्बर नै दिएको थिए। पहिलाे पटककाे हाम्राे डेटिङ नभेटि सकियाे । आक्रोस अनि रिसाहा शैलीमा विना भेट हामी दुवै आफ्नो आफ्नो घर फर्किए छाै। अनि फेरी फेसबुकमा भनाभन भयो, अर्को भेटलाई साथर्क बनाउने सहमति हुन पुग्यो। फेसबुकबाट नै मैले उसको मन जित्न सके, बेला बेला उ मलाई आफ्नो प्रेमीको कुरा भने गर्थी, मलाई चाही किन किन डाहा हुन्यो, तर उसले हाम्रो प्रेम छुटी सक्यो भन्दा कता कता, घना जंगलमा कहिले मिठो आवाज गुन्गुनाएको जस्तो लाग्थ्यो। समयको गति एकैनास चल्दै थियो, भोकाएको बाघले मृगलाई भेटेको जस्तै टोकियोको एक रेस्टुरेन्टमा हाम्रो भेट भयो। उसको सुन्दरताले वा वैँसले मलाई आकर्षित गरिसकेको हुनाले उसको प्रेमी छ वा छैन मलाई जानकारी लिनु थियो। मैले हांस्दै तिम्रो प्रेमीले हामी भेट गरेको थाहा पायो भने के होला ? भनेर साेध्दा,उसले मधुर आवाजमा हाम्रो ब्रेकअप भईसक्यो भनेर जबाफ दिर्इ,त्यसो भए तिमीलाई उसले किक पो हान्दीयो भन्दै खिसी गरे।मलाई लाग्थ्यो उनै मेरो संसार अनि मेरो सब थोक थियाे।
उसका सानो सानो चाहना पुरा गर्नु मेरो कर्तब्य मान्दै मैले मेरो घर
एक रुपिया पैसा नपठाई नपठाई उसको फोनको विल अनि अरु आवश्यकता पुरा गर्थिए ।
रिसाहा सिंह गर्जे जस्तै ….”त्यसले मलाई हैन मैले चाहिँ त्यसलाई छोडिदिएँ।” उनको कठोर बोली अचानक छुटयाे । अनि अाँसु मिश्रित आँखामा आक्रोश र पिडा । उनको प्रेमीले उनको प्रेममा घात गरेको रहेछ ।”सबैथोक सहन सकिदो रहेछ तर विश्वासघात सहन सकिन्न रहेछ भन्दै उनी झ्याल तिर हेरेझैँ गरि टोलाउँन थालिन। जिन्दगीमा त्यसले म भन्दा पनि राम्री, धेरै पढे लेखेकि केटी पाउला तर म पाउने छैन । कुनै दिन रूनेछ त्यो मलाई सम्झेर। म त्यो दिन कुरि रहने छु।” उनले भित्र कतै आँसु लुकाइरहिन्….म त उसंग माया बांडन अनि फक्रिएको फुल आफ्नो दिलमा सजाउन आएको थिए, तर उनको शब्दले तथ मस्त बनाई दियो। मात्र मेरो मुखबाट मैले त तिमीलाई जिस्काएकोपो भनेर आफ्नो अनि उसको मनमा मलम लाउन खोजेको थिए, तर उसले मलाई “केटा मान्छेहरू प्रतिबाट विश्वास उँडिस्कियो, तपाईलाई एउटा घर गाउको साथी अनि राम्रो मान्छे सम्झेर विश्वासका साथ् भेटन आए” उ थोरै मुस्काए जस्तो गर्दै भनी। म पनि न चाहदा नचाहदै फिस्स मुस्काएँ झैँ गरे । अब मलाई उसको त्यो शब्दले गरेको प्रहारको इज्यत राख्न थियो, मैले सोध्दा वास्तवमा के भएको हो मुस्कान ? मलाई लाग्यो उ आफ्नो मनको बह, पीडा कसैलाई भनेर आफ्नो मनको बोझ हल्का गर्न चाहन्थी सोचेको जस्तै आकासबाट असिना बर्सेको जसरी बर्सिन थाली-मेरो प्रेमी “उधय श्रेष्ठ” हाम्रो भेट टोकियोमा भएको थियो, उसंग पैसा नहुदा मैले बस्नलाई कोठा अनि काम पनि खोजदिए, खै कसरि म उसको प्रेममा फसेछु, अनि हाम्रो २ वर्ष लभ पर्यो, मलाई लाग्थ्यो उनै मेरो संसार अनि मेरो सब थोक थियाे। उसका सानो सानो चाहना पुरा गर्नु मेरो कर्तब्य मान्दै मैले मेरो घर एक रुपिया पैसा नपठाई नपठाई उसको फोनको विल अनि अरु आवश्यकता पुरा गर्थिए । सम्बन्ध गहिरिदै गयो ,सर्बस्व उसलाई सोच्ने म उसको काम नहुदा आफ्नो पैसाले चामल देखि स्कूल फी पनि तिर्दिएको थिए। म कस्ती केटि थिए होला उसलाई चुरोटबाट रक्सी पनि म मेरो पैसाले किनेर दिने गर्थे। म उसलाई कहिले दुखि भएको देख्न सकिन। उसले नेपालमा जग्गा किन पैसा नपुगेको भनेर मैले अर्को चोटी तिर्न राखेको स्कूल फी नाै लाख पनि पछि दुबैले कमाएर तिर्ने सर्तमा उसलाई आफ्नो सोचेर नेपाल पठाई दिए तर आज उसको अर्को केटि भएको थाहा पाए अनि मलाई पनि छोडदियो। कलेज जान पैसा माग्छु सबै सामाजिक संजालबाट ब्लक गरेको छ, फोन गर्न खोज्यो फोन लाग्दैन म के गरु भनेर मेरो सामु धरधर रुन थाली। रेस्टुरेन्ट वरिपरिका सबै मानिस ले हामीलाई हेर्न थाले, मलाई असहज महसुस भयो अनि मैले अब के गछाै त भनेर सोधे ? रसिलो आँखा पार्दै उसकाे जवाफ यस्तो आयो – मैले मर्ने कोसिस पनि गरेको थिए तर मर्न गारो हुदो रहेछ,नेपाल जाउ कुन मुख लिएर जाऊ स्कूल जान्न पैसा छैन सबै धोकेबाजले लग्यो कुनै बाटो नभए पछि शरणार्थी जाने निर्णय गर्दै हिजो शरणार्थीको लागि निवेदन दिएर आएको छु। शरणार्थी बन्नु मेरो रहर थिएन बाध्यता बन्न पुग्यो । मेरो कुनै प्रतिक्रिया थिएन,” म पनि के गर्न सक्थे र! फेरी भन्न् थाली,”अबदेखि म तपाइलाई पनि भेट्दिनँ। मैले चोखो प्रेम गरेकि थिएँ। तर म अभागीलाई चोखो प्रेम नसीब भएन। उसँगको साथ छुटेपछि आज पनि म त्यहिँ छु, कुनै सिमा नाघेकि छैन भन्ने उसले पनि देखोस् न ! म त्यो जस्तै बनेर ब्वाईफ्रेण्ड फेरि-फेरि हिँडेर चरित्रहिन बन्न चाहन्न!” उसले मसँग पनि दुरी कायम राखि। तिमी जस्ती असल केटिलाई चिन्न नसक्ने त्यो नालायक रै’छ। त्यो अभागी हो। तिमीलाई पाउने त जो कोहि पनि भाग्यमानी हुनेछ।” मैल उनलाई केहि सम्झाएँ। भित्रभित्रै आफु पनि अभागी लाग्यो। कोहि साँचो प्रेम नपाएर अभागी हुन्छन्त कोहि साँचो प्रेम नचिनेर अभागी हुदा रहेछन्, मेरा सारा चाहनाहरु तिम्रा ब्यथा अगाडि धुलो र महिलो भएका छन, र त तिमी एक्लै खुसीको वा दुखको बाटो रोज्न खोज्दै छौ,म त मात्र बैशाकी विनाको लंगडो जस्तो तिम्रो ब्यथा हेर्दै बस्न बाध्य भएको छु।


