प्रत्यूषा बनर्जीको भूमिकामा तनिषा सिंह अनुबन्धित
मुंबई | सानो पर्दाको आनंदी उर्फ प्रत्यूषा बनर्जीको मृत्युभएको केही दिन हुदैछ र उनको जिबनमा आधारित चलचित्र "हर पल है यहां धोखा" बनाउने घोषणा भएको छ । यस चलचित्रमा तनिषा सिंह प्रत्यूषाको भूमिकामा देखा पर्दैछिन । नायिका तनिषा सिंह मोडेल र नायिका हुन । उनि दुवारा अभिनित साउथ इंडियन चलचित्र बाहेक बलिउडमा चलचित्र 'तेरी फितरत' मा अभिनय गरेकी छिन र प्रर्दशनको तयारीमा छ ।
शनिवार मुंबईमा यस चलचित्रको मुहूर्त ग्रीन लीव्स स्टार एंटरटेनमेंट प्राइवेट लिमिटेड र सुधा फिल्म्सको ब्यानरमा चलचित्र "हर पल है यहां धोखा" को मुहूर्त मुंबई को अंधेरी (वेस्ट) स्थित चार बंगलाको जीप ट्रैक रिकॉर्डिंग स्टूडियोमा धूमधामसंग गरियो । चलचित्र निर्देशन मुकेश नारायण अग्रवालले गर्दैछन, उनको दुई चलचित्र 'तेरी फितरत' र 'इश्क बरसा दे पिया' प्रर्दशनको तयारीमा छ ।
यस चलचित्रमा राहुल राज सिंहको अभिनय श्रवण राघव गर्दैछन साथै आर्यन वैद र साहिल प्रभाकर पनि चलचित्रमा मुख्य भूमिकामा देखा पर्दैछन । यस चलचित्रको छायांकन अर्को महिना देखि सुरु हुदैछ । अहिले, मुंबईमा यस चलचित्रको गीतहरु रेकडिङ्ग हुदैछ ।
नायिका तनिषा सिंह