इन्द्रेणीताल सिमसार क्षेत्रको संरक्षण तथा पुनःनिर्माण



गौरिगन्ज । झापाको दमक नगर पालिका वडा न १९ मा रहेको इन्द्रेणीताल सिमसार क्षेत्रको संरक्षण तथा पुनःनिर्माणको काम पुनः थालिएको छ ।

इन्द्रेणीताल सिमसार क्षेत्रको उचित संरक्षण तथा प्रवद्र्धन गर्न स्थानीयवासीले चासो देखाएका हुन् । यस वर्ष सिमसारको दिगो विकासका लागि पहिलो चरणमा दमक नगरपालिकाको रु पाँच लाख रुपैयाँको बजेटबाट ताल तथा सिमसार क्षेत्रको पूर्वाधार विकासका लागि ताल परिसरमा बाटो निर्माणको काम सुरु गरिएको इन्द्रेणीताल सिमसार संरक्षण समितिका अध्यक्ष देवीप्रसाद दाहालले जानकारी दिनुभयो ।

समितिको सक्रियतामा सिमसारको क्षेत्र निर्धारण तथा ताल वरिपरिको करिब तीन किलोमिटर बाटो निर्माणको काम सुरु गरिसकेको जनाइएको छ । करिब दुई बिघाभन्दा बढी क्षेत्रफलमा फैलिएको सो ताललाई दमक नगरकै गहनाका रूपमा विकास गर्ने उद्देश्यका साथ काम थालिएको समितिका सदस्य डिल्लीप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

तालमा नौका विहार तथा माछापालन हुँदै आएको भएपनि पछिल्ला दिनमा, यसको उचित संरक्षण हुन नसक्दा अलपत्र अवस्थामा पुगेको थियो ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |