कृष्णप्रसाद सिटौलादृारा, भद्रपुर नगरपालिका कार्यालयको नयाँ भवनको शिलान्यास



सिर्जना घिमिरे- नेपाली कांग्रसका नेता तथा झापा क्षेत्र नं ३ का सांसद कृष्णप्रसाद सिटौलाले बुधबार भद्रपुर नगरपालिका कार्यालयको नयाँ भवनको शिलान्यास गरेका छन् ।

उक्त शिलान्यास कार्यक्रममा बोल्दै सिटौलाले विकास निर्माणमा दलगत स्वार्थ हुन नहुने बताए । उनले सबै मिले मात्र विकासका काम अगाडि बढने बताए । उनले भने, ‘ठेकेदारहरुको लापरवाहीका कारण विकासका कामले गति लिन सकेको छैन । अब नयाँ कानुन निर्माण गरेर भए पनि विकासका काम अघि बढाउन जरुरी मैले देखेको छु ।’

झापा क्षेत्र नम्बर ३ का सांसद समेत रहेका सिटौलाले सरकार परिवर्तन भएपनि बिकास निर्माणका काम रोकिनु नहुनेमा जोड दिए । उनले बिकासका नाममा बिदेशी सहयोग लिने कुरामा सोच बिचार गर्नुपर्ने बेला आएको बताए ।

उनले भने, ‘सहयोग आउँछ तर त्यसलाई सदुपयोग गरेनौं हामीले ।’

भद्रपुर नगरपालिका वडा नं ६ पशुहाट इलाकामा बन्न लागेको भवनको सिटौलाले शिलान्यास गरेका हुन् । तीन करोड ४४ लाख रुपैयाँको लागतमा उक्त भवन बन्न लागेको नगरपालिकाका कार्यकारी अधिकृत सन्तोष घिमिरेले बताए ।


Next previous

तपाईंको प्रतिकृया दिनुहोस |