Prabash
»
भूमध्य सागरमा आप्रवासीले भरिएको डुंगा डुव्दा ५ सयको मृत्यु
भूमध्य सागरमा आप्रवासीले भरिएको डुंगा डुव्दा ५ सयको मृत्यु
गौरीगन्ज । भूमध्य सागरमा लिवियाको तटिय सहरबाट इटली हिडेका आप्रवासीले भरिएको डुंगा डुव्दा पाँच सय भन्दा बढीको मृत्यु भएको छ । बीबीसीका अनुसार दुर्घटनामा बाँचेकाहरुका अनुसार मानव तस्करले स्थानान्तरण गर्न लागेको समयमा डुंगा डुबेको हो ।
दुर्घटनामा पाँच सयको मृत्यु भएको भनिएपनि यसको स्वतन्त्र पुष्टि भने भइसकेको छैन । यसअघि लीबियाको तटमा ६ प्रवासीको शव फेला परेको थियो ।
दुर्घटनाको स्तन्त्र पुष्टि भएमा यस वर्षको ठूलो डुंगा दुर्घटना हुने छ । तर, इटली तथा ग्रीसका तटरक्षकहरुले घटनाकेा पुष्टि गरेका छनैन् ।
संयुक्त राष्ट्रसंघ शरणर्थी एजेन्सीले दुर्घटनाका विषयमा प्राप्त जानकारीका प्रश्न उठाएको छ । गि्रसमा रहेकी एक सोमालिया महिलाले सोमबार युरोपको लागि निस्किएका उनका तीन नातेदारको ज्यान गएको छ ।
संयुक्त राष्ट्रसंघका अनुसार १ लाख ८० हजार आप्रवासी युरोप जाने कोशिश गरिरहेका छन् जसमध्ये ८ सय जनाको ज्यान गइसकेको छ ।
त्यस्तै सोमालियाबाट स्वतन्त्र घोषणा गरिएको सोमालिल्याण्ड गणराज्यका राष्ट्रपतिले दुर्घटनामा समवेदना व्यक्त गरेका छन् ।
तस्विर : एजेन्सी