तीन महिने अाधारभूत कम्प्यूटर तालिम
गौरीगन्ज | खजुरगाछीमा आदिवासी जनजाती र विपन्न वर्गलाई लक्षित गरी ३ महिने आधारभुत कम्प्युटर तालिम बुधवारबाट शुरु गरिएको छ । नेपाल आदिवासी जनजाती महासंघ गाउँ समन्वय परिषद् खजुरगाछीले खजुरगाछी गा.वि.स. भित्र रहेका शिक्षित वेरोजगार व्यक्तिहरुलाई आत्म निर्भर बनाउन व्यवसायीक सीपमुलक कम्प्युटर सम्बन्धि तालिम आयोजना गरेको हो ।
तालिम गीता कम्प्युटर इन्स्टिच्युटका कम्प्युटर प्रशिक्षक राम कुमार राजवंशीले प्रशिक्षण दिने छन् । उद्घाटन कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ गाउँ समज्वय परिषद् खजुरगाछीका अध्यक्ष आत्माराम राजवंशीको सभापतित्वमा सम्पन्न कार्यक्रममा खजुरगाछी गा.वि.स. सचिव नारायण प्रसाद चाँदरा प्रमुख अतिथि हुनुहुन्थ्यो । संस्थाका सदस्य उद्विम राईले सञ्चालन गरेको कार्यक्रममा सम्पूर्ण राजनितिक दलको नेताहरुले, गौरीगंज बहुमुखी क्याम्पसकाअध्यक्ष बाबुराजा श्रेष्ठ, क्याम्पस प्रमुख सर्वतलाल राजवंशीले आआफ्नो मन्तव्य राख्नु भएको थियो । साभार फेसबूकबाट