दमकमा बाटो मिचिएको दुई घरको संरचना टोलवासीले भत्काए

दमक १२ स्थित कालिका मार्गको सडक अतिक्रमण गरी बनाएको दुई वटा संरचना स्थानीय बासिन्दाले भत्काईदिएका छन् । विहिबार कालिका मार्ग टोल क्षेत्रका उपभोक्ताहरुले सामूहिक रुपमा त्यस क्षेत्रका दुई संरचना भत्काई दिएका हुन् ।

स्थानीय कालिका टोलका लैन बहादुर निङलेखु र यज्ञ राज पन्तले सडक अतिक्रमण गरी बनाएको घर पटक पटक भत्काउन सहमती गरिएपनि हालसम्म अटेर गरेपछि टोलबासीले भत्काई दिएका हुन् । दमक नगरपालिकाको नगर प्रहरी र इलाका प्रहरी कार्यालय दमकको प्रहरीको सहभागीतामा स्थानीय बासिन्दाले अतिक्रमीत संरचना भत्काईएको कालिका सडक तथा पक्की ढल निर्माण उपभोक्ता समितिका सचिव सूर्य कुमार लिम्वूले बताए । उनले सो मार्गको २० फिटे वाटो कायम गर्न द्धय घरधनीले नमान्दा टोलवासी आफैले भत्काउन बाध्य हुनुपरेको वताए । उनले भने,–‘ यो पूरानो वाटो मापदण्ड अनुसार कायम नगर्दा समस्या भोग्दै आएका थियौ ।’

३ महिना अघि नगरपालिकाले सडकमा परेको ती संरचना हटाउन चेतावनी दिए पनि निङलेखु र पन्तले वेवास्ता गरि हालटाल गरिआएको बताईएको छ । वाटो कायम गर्न नगरपालिकाले गत वैशाख २७ गतेनै ती घरधनीलाई २४ घण्टे पत्राचार गरेको थियो । नगरपालिकाले निङलेखुलाई पठाएको १४१७७ नम्बरको पसमा गत वैशाख १४ गते नै घरधनी र टोलवासीसहित नगरपालिकावीच भएको सहमती अनुसार वाटो छाड्न अन्यथा नियमानुसार कारवाही गरिने जानकारी दिएको थियो ।

सो वाटोमा निङलेखुले मुखमा ७ फुट , पछाडी १० फुट र पन्तले घर अगाडी १३ फुट र पछाडी ११ फुट सडक अतिक्रमण गरेको दमक नगरपालिकाले जनाएको छ । तर यता ती घरधनीहरुले भने आफूहरुले बाटो कायम गर्न जग्गा छोडे पनि जर्वजस्त तोडफोड गरिएको वताए ।

४ वर्ष अघि देखि ती घरधनीहरुले सहमति गर्ने तर कार्यन्वयन नगर्ने गरी दुख दिदै आएको उक्त कालिका टोलकी सुष्मा लिम्वूले वताईएन् । मिचीएको बाटोका वारे नगरपालिकाले चासो नदिएको भन्दै केहि दिन अघि नगरपालिकाका कार्यकारी युवराज दाहालको कार्यकक्षमा तालाबन्दी समेत गरेका थिए ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |