‘सुन्तलीलाई भगाई लग्यो झिल्केले’ भिडियो सार्वजनिक

चलचित्र ‘सुन्तलीलाई भगाई लग्यो झिल्केले’ को शीर्ष गीत रिलिज भएको छ। चलचित्रका निर्देशक ऋषिराज आचार्यको शब्दमा विपिन आचार्यले संगीत दिएको गीतमा संगीतकार तथा गायक कालिप्रसाद बास्कोटा र माण्डवी त्रिपाठीले स्वर दिएका छन्।

गम्भिर बिष्टको कोरियोग्राफीमा तयार भिडियोमा सुशील सिटौला र सुरजनी केसीले अभिनय गरेका छन । साउन २१ गते सार्वजनिक हुने चलचित्रमा सुशील र सुरजनीका अलावा शिशिर भण्डारी, रिजा भुषाल, सुशील पोखरेल, रश्मी भट्ट, सरिष्मा मगर, विशाल पहाडी, सन्देश मगराती, सञ्जय खत्री, नुच्छेमान डंगोल, इरा भट्टराई, ललित बिष्टले अभिनय गरेका छन्।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |