चलचित्र ‘मेन्टल’ को प्रदर्शन देशभरी जेठ २१ गते देखि
देशको र आफ्नो भविष्यको चिन्ताले शिक्षित बेरोजगार युवावर्गहरु मेन्टल्ली रुपमा कती पीडित छन भन्ने कथाको वरीपरी घुमेको चलचित्र ‘मेन्टल’ यही आउदो जेठ २१ गते देखी देशभरी प्रदशर्नमा आउने भएको छ ।
जियसयम मेडिया क्याम्पको ब्यानरमा निर्माण भएको चलचित्रमा सुधन धिताल, हरि छेत्री, केहर सिंह भण्डारी, बसन्त बर्माको संयुक्त लगानी रहेको छ ।
चलचित्रमा प्रथम खड्का र पुजा भट्टको मुख्य भुमिका रहेको छ भने साथमा सुरविर पन्डित, मदन सिटौला र हरि छेत्रीको अभिनय रहेको छ ।
यस चलचित्रलाई निर्देशन सरोज पौडेलले गरेका छन भने सुरेन्द्र पौडेलले सम्पादन भोजराज देवकोटाको कथा, अर्जुन पोखरेलको संगित राजेन्द्र सापकोटाको क्यामारा रहेको छ ।



