वृद्ध आमा बाबाहरुको सहयोगको लागि युवतीहरु चटपटे बेच्दै
बेलवारी | सोमबार दिउँसो बेलवारीको बजारमा भर्खरका एक हुल युवतीहरु चटपटे, पानीपुरी बेचिरहेको देखियो । सर्वसाधारण पनि चटपटे, पानीपुरी खाइरहेको थिए । नौँलो शैलीमा देखिएको भीडमा के रहेछ भनेर बुझने प्रयास गर्दा ‘सेवा नै धर्म हो’ लेखिएको ब्यानर अगाडी उभिएर चटपटे, पानिपुरी, सर्बत किन्न अनुरोध गर्दै गरेको युवतीहरु थिए ।
युवतीहरु मात्र सहभागी रहेको समुहको सदस्य मनिला सुवेदीले भनिन् , हाम्रो एउटा फेसबुक ग्रुप ‘वुमेस अफ रिलोडेड’ छ । त्यसै ग्रुपको सदस्यहरु मिलेर वृद्ध आमा बाबाहरुको सहयोगको लागि यो कार्यक्रम गरेका हौँ ।’
उनले यो अभियान फेसबुक ग्रुप वुमेन्स रुम रिलेडेडका सदस्यहरुको आयोजनामा देशभरी सुरु गरेको बताइन् । भने कार्यक्रम बुद्ध जयन्तीको अवसरमा जेठ ८ गते समापन हुने जनाइन् । रासस