१० महिने छोरीको ज्यान जोगाईदिन अनुरोध
झापा | दमक—१२ का सुवास कुमार चौधरीले आफ्नो १० महिने छोरीको ज्यान जोगाईदिन आग्रह गर्नुभएको छ । निम्न आर्थिक अवस्था भएका चौधरीले छोरी हिनाकुमारीको ज्यान जोगाईदिन अनुरोध गर्नुभएको हो ।
उहाँले आर्थिक अवस्थाकै कारण छोरी जिवन र मरणको दोसाधमा रहेको बताउनुभयो । दैनिक ज्यालादारी गरेर जिवन निर्वाह गरिरहनुभएका चौधरीले उपचार गर्ने रकम नभएको र सहयोग भए छोरीको ज्यान जोगिने बताउनुभयो । चिकित्सकको अनुसार १० महिने बच्चीको टाउकोमा पानी जमेको छ । लाईफ लाईन हस्पिटलले ठुलो अस्पताल लानु भनेको र आर्थिक अभावले समस्यामा परेको जानकारी दिनुभयो । सहयोग तथा बिरामीको बारे जानकारीका लागि एच नेपालय फाउण्डेसन उर्लाबारीको निम्न नम्बर ९८०१४४६०८८ र ९८२४३१०२१६ मा सम्पर्क गर्नसक्नुहुनेछ । -रासस



