छ लाख रुपैयाँ दिने भएपछि विवाद मिल्यो

मोरङ | मोरङको मधुमल्ला– २ का ४२ बर्षीय बिष्णुप्रसाद भण्डारीलाई मानसिक तनाव दिएका कारण आत्महत्या गरेको भन्दै आन्दोलनमा उत्रेका पीडित पक्षलाई छ लाख रुपैयाँ दिने सहमति भएको छ ।बुधबार स्थानीय राजनैतिक दल, सामाजिक अगुवासहित इलाका प्रहरी कार्यालय उर्लाबारीमा भएको छलफलमा पीडित पक्षलाई मधुमल्ला–१ का गंगा श्रेष्ठले ६ लाख दिने सहमति भएको हो । सहमति भएपछि परिवारले शव जिम्मा लिई पोष्टमाटम गरी बुधबार साँझ स्थानीय मावा खोलामा मृतक भण्डारीको अन्तिम दाहसंस्कार सम्पन्न गरिएको जानकारी प्राप्त भएको छ । मंगलबार आफ्नै घरमा पासो लगाई भण्डारीले आत्महत्या गरेका थिए ।

मधुमल्ला –१ मा सुन पसल संचालन गर्दै आएका श्रेष्ठको जिप चलाउँदै आएका भण्डारीले गत बैशाख ५ गते प्रभु बैंक दमकबाट रकम लिएर आउन लाग्दा गाडी बाटै २१ लाख रुपैयाँ चोरी भएको थियो । सो रकम चोरी भएपश्चात भण्डारीलाई दमक प्रहरीले २ दिन थुनामा राखी बैशाख ७ गते अनुसन्धान गरी तारेखमा आउने सर्तमा छोडेको थियो । त्यसपश्चात मधुमल्लामा रहेको ब्रम्हकुमारी राज योग केन्द्रकी संचालिका बबिता न्यौपानेले चोरी भएको रकम भण्डारी ले नै लागेको र आफू देवी भएकोले सो कुरा थाहा पाएको भन्दै रकम फिर्ता गर्न मानसिक रुपमा पटक–पटक दबाब दिएका कारण भण्डारीले आत्महत्या गरेको भन्दै पीडित पक्ष आन्दोलित बनेका थिए । भण्डारीले नै लगेको छ भनी किटानी गरी भनेको पश्चात आफ्नो दिमाखले काम गर्न नसकी आत्महत्या गर्न बाध्य बनेको भन्दै मृतक भण्डारीले पत्र ( सुसाईट नोट )लेखेका छन् । मृतक भण्डारीले आफु र आफ्नो परिवार पूर्ण रुपमा निर्दोष रहेकोले यसको सम्पूर्ण जिम्मा गंगाराम श्रेष्ठ लिनु पर्छ भनी आत्महत्या गर्नु अघि लेखेको पत्रमा उल्लेख छ ।

त्यस्तै बुधबार बिहानै मधुमल्लाका बासिन्दाहरुले ब्रम्हकुमारी ब्रहाकुमारी राजयोग केन्द्रमा अनिश्चितकालका लागी तालबन्दी गरी दिएका छन् । साथै तालाबन्दीपछी आक्रोशित पीडित परिवार र स्थानीयबासीले इलाका प्रहरी कार्यालय समेत घेराउ गरेका थिए । सो क्रममा मधुमलला निर्क तनावग्रस्त बन्न पुगेको थियो । माता भनिने बबिता न्यौपानेलाई उर्लाबारी प्रहरी कार्यालयमा राखी थप अनुसन्धान गर्न र पीडित परिवारले काम सकेपछि मात्र सो बिषयमा थप छलफल गर्न माग स्थानीय मधुुमल्लाबासीहरुले गरेका छन् । यता आफ्नै लाखौं पैसा चोरी भएको अबस्थामा पनि समाज बसेर सत्य तथ्य पत्ता लगाउन को साटो अनावश्यक पीडा दिएको मा श्रेष्ठ परिवार समेत आक्रोशित छ । आफ्नै घरमा आत्महत्या गरेका भण्डारी लामो समयदेखि आफुहरुकोमा काम गरिरहेका कारण सहयोग गरेको जनाईएको छ ।यश प्रकरण बाट लाखौ रकम चोरी को घटना झन् पेचिलो हुन पुगेको छ ।रासस

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |