अर्जुन दंगाल, बजार व्यवस्थापन समितिको अध्यक्षमा
गौरीगन्ज | खजुरगाछी गाविस वडा नं.- ६ मा अवस्थित पुरानाे एवं एेतिहासिक धराेहर महेन्द्रनगर बजारकाे बजार व्यवस्थापन गर्न अर्जुन दंगालको अध्यक्षतामा बजार व्यवस्थापन समिति गठन भएको छ ।
खजुरगाछी गा.वि.स.का सचिव नारायण प्रसाद चँदराको अध्यक्षामा बसेको उक्त भेलामा मंगलबार अध्यक्षसहित १५ सदस्यीय बजार व्यवस्थापन समिति गठन भएको हो । समितिको उपाध्यक्षमा धन बहादुर थापा र पर्वत राजवंशी, सचिवमा दीक्षा घिमिरे, सहसचिवमा मेघराज राजवंशी, कोषाध्यक्षमा राधाअधिकारी रहेका छन । त्यसैगरी सदस्यमा सीताराम ढकाल, नगेन्द्र डाँगी,कमल प्रसाद राजवंशी, सहदेव खड्का, गोपाल पौडेल, मुकेश साह, चंदा दर्नाल, मायानन्द यादव र एक जना वाणिज्य संघ प्रतिनिधी रहेका छन । समितिले बजारको वास्तविक जग्गाको सिमांकनगरी बजारलाई व्यवस्थित गर्न ढल निकास, सरसफाई, टहराको व्यवस्थापन र व्यापारीहरुको बस्ने ठाउँको उचित व्यवस्थापन गर्ने छ ।



